Home / Blogs / बजाज पल्सर एफ २५० र एन २५० सार्वजनिक; यस्तो छ मूल्य र फिचर
  • Latest Bikes
  • 0

बजाज पल्सर एफ २५० र एन २५० सार्वजनिक; यस्तो छ मूल्य र फिचर

Nepal Auto Trader

Share this News

image

बजाज अटोले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बहुप्रक्षित पल्सर एफ २५० र एन २५० गरी दुई मोडल सार्वजनिक गरेको हो । धेरै पटक परीक्षणमा देखिएका र केही दिन अघी टिजर समेत सार्वजनिक गरिएका यी दुई मोडल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । पल्सर सिरिजको यि दुई नयाँ मोटरसाइकल निकै आक्रमक डिजाइनमा तयार भएका छन भने आगामी डिसेम्बर महिनामा यसलाई नेपाली बजारमा ल्याउने अनुमान गरिएको छ । 


बजाज पल्सर एफ २५० सेमी फियर्ड डिजाइन र बजाज पल्सर एन २५० नेकेड स्पोर्टस डिजाइनमा सार्वजनिक गरिएको हो । बजाज एफ २५० रेसिङ रेड र एन २५० लाई टेक्नो ग्रे कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । पल्सर सिरिजका यि दुई मोटरसाइकलमा एलईडी प्रोजेक्टर हेडल्याम्प, सार्प रियर भ्यु मिरर, स्प्लीट सिट, ग्रयावरेल त्यसैगरी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर टेकोमिटर, डिस्टेन्स टु एम्पटी र गियर पोजिसन इन्डिकेटर देखाउने नयाँ इन्फिनिटी इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । त्यस्तै यसमा टो रियर फेन्डर, मड गार्ड, अपस्वीप्ट एक्जष्ट, सिटको तल एलइडी टेलल्याम्प पाउन सकिन्छ ।


बजाज पल्सर सिरिजका यी दुई मोटरसाइकलमा २५० सीसी सिंगल सिलिन्डर आयल कुल्ड बीएस ६ इन्जिन दिइएको छ जुन इन्जिनले २४. ५ पीएस पावर तथा २१ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यी दुवै मोटरसाइकलको फ्रन्ट र रियरमा गरी ३०० र २३० एमएम डिस्क ब्रेक रहेको छ । यी दुई मोटरसाइकलमा १३५१ एमएमको ह्वीलवेस, ७९५ एमएमको उचाई, १६५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको इन्धन क्षमता १४ लिटर छ भने यसको वजन १६२ र १६४ केजी रहेको छ ।   


बजाज कम्पनीले बहुप्रतिक्षित मोटरसाइकल पल्सर एफ २५० को भारतीय मूल्य १ लाख ४० हजार र एन २५० को १ लाख ३८ हजार तोकेको छ ।  यसको मूल्य लगायतका विषयमा भने अहिलेलाई कम्पनीले कुनै जानकारी भने दिएको छैन । पल्सर सिरिजका यि दुई मोटरसाइकल पल्सर सिरिजको सबैभन्दा महंगो मोडल भने अवस्य हुने छन । कम्पनीले नयाँ पल्सरलाई यही वर्षको अन्त्यसम्ममा नेपाली बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले यि दुई मोटरसाइकल नेपाली बजारमा कहिले सार्वजनिक हुने भनेर आधिकारिक जानकारी भने दिएको छैन ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



 


Our latest comments