बजाजले चाडै नै बजारमा नयाँ पल्सर २५० सार्वजनिक गर्ने भएको छ । हाल भारतीय बजारमा बजाज पल्सर २५० परिक्षण भइरहेका केही तस्विरहरु बाहिरिएका पनि छन । कम्पनीको पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल एनएस २५० हुने अनुमान गरिएको छ ।अघिल्लो केही महिना अघी बजाजले २५० सीसी सेग्मेन्टमा पहिलो मोटरसाइल डोमिनार २५० सार्वजनिक गरेको थियो । पल्सर २५० प्रोडक्सनको लागि पुर्ण रुपमा तयारी अवस्थामा रहेको कम्पनिले जनाएको छ ।
परीक्षणको समयमा देखिएको पल्सर सिरिजको नयाँ मोटरसाइकल निकै आक्रमक डिजाइनमा तयार भएको अनुमान गरिएको छ । यसको डिजाइनको पुरा जानकारी भने सार्वजनिक भएको छैन । बजाज पल्सर २५० मा २४८ सीसी सिंगल सिलिन्डर, आयल कूल्ड इन्जिन दिइएको छ जसले २४ बीएच पावर जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । कम्पनीले ल्याउने नयाँ पल्सर २५० नेकेड स्ट्रीटफाइटर डिजाइनमा हुने छ ।
परीक्षण बाइकमा अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, सार्प रियर भ्यु मिरर, स्प्लीट सिट, ग्रयावरेल जस्ता फिचर सो बाइकमा देख्न सकिन्छ । पल्सर २५० मा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प र टर्न सिग्नल, डीआरएलको साथमा रिडिजाइन्ड फ्रन्ट र सानो विन्डस्क्रिन जस्ता फिचर हुने अनुमान गरिएको छ । त्यस्तै सो बाइकमा टो रियर फेन्डर, मड गार्ड, अपस्वीप्ट एक्जष्ट, सिटको तल एलइडी टेलल्याम्प दिइएको छ जसमा प्रि-लोडेड मोनोशक सस्पेन्स पनि समाबेश रहने छ ।
बजाजले नयाँ मोटरसाइकल पल्सर २५० आगामी सेप्टेम्वर महिनामा बजारमा ल्याउने अनुमान गरिएको छ । यसको मूल्य लगायतका विषयमा भने अहिलेलाई कम्पनीले कुनै जानकारी भने प्रदान गरेको छैन । केही रिपोर्टका अनुसार यो पल्सर सिरिजको सबैभन्दा महंगो मोडल पनि हुने छ । कम्पनीले सो बाइकको कहिले सार्वजनिक हुने भनेर आधिकारिक जानकारी पनि दिएको छैन । सो नयाँ बाइक एनएस २०० मा आधारित हुने अनुमान गरिएको छ । कम्पनीले नयाँ पल्सरलाई यही वर्षको अन्त्यसम्ममा नेपाली बजारमा ल्याउने अनुमान गरिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।
PREVIOUS NEWS
NEXT NEWS