बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपाल आउने पुष्टि भएसँगै एनएस १२५ को बुकिङसमेत खुल्ला गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज एनएस १२५ पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल रहेको छ । नयाँ एनएस १२५ को लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको छ ।
बजाज पल्सर एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । एनएस १२५ को २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक रहेको छ भने यसमा कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसैगरी यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको । एनएस १२५ मा १७ इन्चको अलोय ह्वील रहेको छ ।
एनएस १२५ को लम्बाई २०१२ एमएम, चौडाई ८१० एमएम, उचाई १०७८ एमएम, ग्राउण्ड क्लियरेन्स १७९ एमएम र १३५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४४ केजी रहेको छ । सो बाइकले ६५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १०३.२९ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम रहेको छ ।
नयाँ बजाज पल्सर एनएस १२५ मा ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर, ट्विन पाइलट ल्याम्प, स्प्लिट सिट, र हाई ग्राउन्ड क्लियरेन्स जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा प्रयोग भएको स्लिक हेडल्याम्प र पल्सरको सिग्नेचर हेडलाइटले तथा निकै आकर्षक इन्धन ट्याङ्कीले सो बाइकलाई निकै आकर्षक बनाएको छ । बाजजले एनएस सिरजका अन्य वाइकमा जस्तो यसमा धेरै बिशेषता भने उपलब्ध गराएको छैन ।
बजाज पल्सर एनएस १२५ को नेपाली बजार मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । नेपालभर रहेको बजाजको शोरुमबाट एनएस १२५ बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ भने दशैं अगाडीबाटै यसको डेलिभरी सुरु हुनेछ । एनएस १२५ विभिन्न आकर्षक ४ कलरमा बजारमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसले टिभिएस रेडरसंग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।