टीभएस मोटर्सले अपाचे आरटीआर १६० फोर भीको २०२३ भर्सन सार्वजनिक गरको छ । हाल भारतमा सार्वजनिक भएको नयाँ एडिशनको अपाचे आरटीआर नेपाली बजारमा पनि अब छिट्टै आउने नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । केहि हप्ता अगाडि सार्वजनिक भएको स्पेशल एडिशन मोटरसाइकलमा सामान्य परिर्वतन गरेर २०२३ मोडल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सो मोटरसाइकलमा नयाँ ग्रफिकको प्रयोग गरिएको छ भने यसमा नयाँ फिचर थप गर्नुका साथै नयाँ कलर अप्सन समेत दिइएको छ ।
अपाचे आरटीआर १६० फोर भीको २०२३ भर्सनको तौल एक केजीले कम भएको छ भने यसमा नयाँ एक्जष्ट पाउन सकिन्छ । नयाँ मोडलमा ‘बुलपप’ एक्जष्ट रहेको छ भने पुरानो मोडलमा डबल ब्यारल एक्जष्ट उपलब्ध थियो । नयाँ डिजाइनको एक्जष्ट रहेकाले यसको साउन्ड पनि अझै उत्कृष्ट भएको कम्पनीले जनाएको छ । सो मोटरबाइकमा केही नयाँ ‘फ्रस्ट इन सेग्मेन्ट’ फिचर पनि थप गरिएको टीभएस मोटर्सले जनाएको छ । यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ ।
आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले १७.४ पीएस पावर ८००० आरपीएममा र १४.७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । सो बाइकमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । सो मोटरसाइकलको अगाडि र पछाडि गरी दूबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा सिङ्गल च्यानल एबिएस पाउन सकिन्छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
नयाँ आरटीआर १६० फोर भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४५ केजी रहेको छ । यो मोटरसाइकलको सिटको उचाई ७९० एमएम रहेको छ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक दिइएको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
टीभीएस आरटीआर १६० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन जस्ता फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । टीभीएसका अन्य मोडल जस्तै यसमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध छ भने एफआई इन्जिन पनि दिइएको छ । यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र गियर इन्डिकेटर जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् । आरटीएफआई प्रविधि भएकाले यसको पर्फमेन्स र माइलेज उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
आरटीआर फोर भीकाे नयाँ भर्सनमा कालो र रातो कलरको अलोय ह्वील पाउन सकिन्छ भने यसमा डवल टोन कलरको सिट रहेको छ । यसमा अर्वान, स्पोर्टस र रेन गरी तीन प्रकारका राइडिङ मोड पाउन सकिन्छ । सो मोटरसाइकल म्याट ब्ल्याक र पर्ल ह्वाइट कलरमा उपलब्ध रहेको छ । यसमा कालो र रातो कलरको अलोय ह्वील पाउन सकिन्छ । यसको नेपाली बजार मूल्य ४ लाख देखि ४ लाख ५० हजार रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।