टीभएस मोटर्सले अपाचे आरटीआर १६० फोर भीको नयाँ एडिशन सार्वजनिक गरको छ । हाल भारतमा सार्वजनिक भएको नयाँ एडिशनको अपाचे आरटीआर नेपाली बजारमा पनि अब छिट्टै आउने नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । टीभएसले अपाचे आरटीआर १६० फोर भीको ‘स्पेशल’ एडिशन सार्वजनिक भएको जनाएको हो । सो मोटरसाइकलमा नयाँ ग्रफिकको प्रयोग गरिएको छ भने यसमा नयाँ फिचर थप गर्नुका साथै नयाँ कलर अप्सन समेत दिइएको छ ।
आरटीआर १६० फोर भीकाे स्पेशल एडिशनमा सामान्य मेकानिकल परिर्वतन गरिएको छ जसमा नयाँ ‘फ्रस्ट इन सेग्मेन्ट’ फिचर थप गरिएको छ । यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले १७.४ पीएस पावर ८००० आरपीएममा र १४.७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । सो बाइकमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा एडजष्टेल ब्रेक तथा क्लच लिभर पनि रहेको छ ।
नयाँ आरटीआर १६० फोर भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४५ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
टीभीएस आरटीआर १६० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन जस्ता फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । टीभीएसका अन्य मोडल जस्तै यसमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध छ भने एफआई इन्जिन पनि दिइएको छ । यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र गियर इन्डिकेटर जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् । आरटीएफआई प्रविधि भएकाले यसको पर्फमेन्स र माइलेज उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
आरटीआर फोर भीकाे स्पेशल एडिशनमा कालो र रातो कलरको अलोय ह्वील पाउन सकिन्छ भने यसमा डवल टोन कलरको सिट रहेको छ । यसमा अर्वान, स्पोर्टस र रेन गरी तीन प्रकारका राइडिङ मोड पाउन सकिन्छ । स्पेशल एडिशन मोटरसाइकल म्याट ब्ल्याक र पर्ल ह्वाइट कलरमा उपलब्ध रहेको छ । यसको नेपाली बजार मूल्य ४ लाख देखि ४ लाख ५० हजार रुपैयाँसम्म हुने अनुमान गरिएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा र हिरो जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।