टाटाको बहु प्रतिक्षित माइक्रो एसयूभी पन्च अब छिट्टै बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले अब छिट्टै सो एसयूभी भारतमा सार्वजनिक गर्ने जनाएको छ भने नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरिएको सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । यसको मूल्य पनि धेरै महँगो नहुने अनुमान गरिएको छ । एचबीएक्स कन्सेप्टमा आधारित सो माइक्रो एसयूभी पन्च नेक्सनभन्दा कम मूल्यमा आउने छ ।
टाटाले पन्च दुई इन्जिन अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ । पन्च एसयूभीमा १.२ लिटर थ्रि सिलिण्डर नेचुरल्ली एस्पीरेटेड पेट्रोल र अपर भेरियन्टमा १.२ लिटर टर्बो इन्जिन रहने अनुमान गरिएको छ । पन्चको लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम, उचाई १६३५ एमएम र २४५० एमएमको ह्वीलवेस हुने अनुमान गरिएको छ । पन्च एसयूभीमा १६ इन्चको स्टाइलिस ह्विल दिइएको छ भने सो एसयूभी टाटाको इम्प्याक २ डिजाइन ल्याङवेजमा आधारीत अल्फा प्ल्याटफर्ममा रहने अनुमान छ । यसको आधिकारीक जानकारी कम्पनीले दिएको छैन ।
टाटा पन्चमा निकै धेरै बिशेषताहरु हुने अपेक्षा गरिएको छ । सो एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, थ्री स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल, एचभीएसी कन्ट्रोल, डिजिटल टेकोमिटर र एनालग स्पिडोमिटरका साथ पार्ट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता धेरै फिचरहरु उपलब्ध हुनेछन् । साथै यसमा स्प्लीट हेडल्याम्प, ह्युम्यानीटी लाइनको ग्रिल, अगाडिको बम्परमा स्कीडप्लेट, बडी क्लाडिङ र ठूलो साइजको टायर देख्न सकिन्छ । फ्लोडिङ ७ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फ्ल्याट बटम स्टेरिङ ह्वील, क्लाइमोट कन्ट्रोल सुइच तथा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पनि देख्न सकिन्छ ।
टाटा पन्च एसयूभी पनि नेपाली बजारमा छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा टाटाका गाडीको बिक्री तथा बितरण गर्दै आएको छ । टाटा पन्चको नेपाली बजारमा प्रतिस्पर्धा हुन्डाईको माइक्रो एसयूभी क्यास्पर र मारुती सुजुकी इग्निसका साथै इन्ट्री लेवलका एसयूभी निसान म्याग्नाइट र रेनो काइगरसँग हुनेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।