नेपालमै टिभिएस मोटरसाइकल उत्पादन हुने भएको छ। प्लान्ट इन्स्टलको काम अन्तिम चरणमा रहेकोले आगामी महिनाबाट ट्रायलको रुपमा उत्पादन सुरु हुने टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए।
‘डिसेम्बरमा हामी ट्रायलमा जान्छौं, नयाँ वर्षमा उत्पादन शुरु हुन्छ,’ उनले भने। बाराको सिमरास्थित उक्त प्लान्टले दैनिक ३ सय अर्थात वार्षिक १ लाखको हाराहारीमा मोटरसाइकल उत्पादन गर्न सक्छ। सुरुवाती चरणमा अपाचे सिरिजमा मोटरसाइकल उत्पादन हुने कम्पनीले जनाएको छ।
५ विगाहको क्षेत्रफलमा रहेको प्लान्ट निमार्ण गर्न कम्पनीले करिव १ अर्व लगानी गरेको अग्रवालले जानकारी दिए। उक्त एसेम्बल प्लान्टमा करिव ३ सय ले रोजगारी पाउने अनुमान गरिएको छ।
अहिलेको सरकारको नितीअनुसार नेपालमै सवारी साधन उत्पादन भएपनि मूल्यमा धेरै फरक नपर्ने उनले बताए। ‘स्पेयर पाट्स आयात गर्दा २५ प्रतिशत मात्र छुट छ।
यसले गर्दा मुल्यमा तत्काल फरक पर्दैन तर भोलीको दिनमा पाट्सहरु नेपालमै बन्यो र नेपाल सरकारले सहुलियतको निती ल्यायो भने ग्राहकलाई सस्तो पर्छ,’ अग्रवालले भने। हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ ।
PREVIOUS NEWS
NEXT NEWS