Home / Blogs / टोयोटाको कम्प्याक्ट एसयूभी राइज नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

टोयोटाको कम्प्याक्ट एसयूभी राइज नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज सार्वजनिक गरेको जनाएको हो । कम्पनीले आफ्नो शोरुममा एक कार्यक्रम आयोजनागरी यसको आधिकारीक विक्री सुरु भएको पनि जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक गरिएको छ । नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागले गर्दा राइज ल्याइएको कम्पनीको भनाइ छ जुन एसयूभीबाट आरामदायी र सुरक्षित अनुभव हुने छ ।


टोयोटा राइज १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै नेपाल आएको हो । यसमा रहेको नेचुरल्ली एस्पीरेटेड १.२ लिटर इन्जिनले अधिकतम ६००० आरपीएममा ८७ हर्स पावर र ४५०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्दछ ।  यसमा ५ स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।राइजको लम्बाई ४०३० एमएम, चौडाई १७१० एमएम, उचाई १६३५ एमएम, २५२५ एमएम ह्वीलवेस र २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३६९ लिटर क्षमताको बुट स्पेश र ३६ लिटरको इन्धन ट्याङ्की रहेको छ । १.० लिटर टर्बो इन्जिनमा राइज नेपाल आउने पनि कम्पनीले जनाएको छ ।


टोयोटा राइज निकै विशेषता भएको प्यासेन्जर कार मानिएको छ । यसमा कर्नरिङ ल्याम्प, स्मार्ट पार्किङ सिस्टम, एडप्टीभ ड्राइभिङ बीमसहितको एलइडी हेडल्याम्प, क्रुज कन्ट्रोल जस्ता फिचर दिइएको छ भने फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, रिभर्स पार्किङ डिस्प्ले सहितको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, रियर पार्किङ सेन्सर, १७ इन्चको अलोय ह्वील, रुफरेल, एलइडी टेलल्याम्प जस्ता विशेषता पाउन सकिन्छ । सुरक्षाको लागि राइजमा ६ वटासम्म एयरव्याग, भेहिकल स्टेविलीटी कन्ट्रोल, इबीडीको साथमा एबीएस, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, ४ वटा पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर दिइएको छ ।


टोयोटा राइज विभिन्न ८ कलर भेरिएन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । टोयोटा राइज १.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक गरी चार वटा भेरिएन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । टोयोटाले राइज १.२ लिटर म्यानुयल भेरियन्टको मूल्य ६६ लाख निर्धारण गरिएको छ भने, १.२ लिटर अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख ५० हजार निर्धारण गरिएको छ ।  राइजको बिक्रि नेपाल भरि आधिकारिक रूपमा शुरू गरिएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


 

Our latest comments