Home / Blogs / टोयोटा राइज नेपाली बजारमा सार्वजनिक हुँदै; यस्तो छ मूल्य
  • Latest Cars
  • 0

टोयोटा राइज नेपाली बजारमा सार्वजनिक हुँदै; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

टोयोटाले नेपाली बजारमा नयाँ गाडी सार्वजनिक गर्दैछ । नेपालका लागि टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सब फोर मिटर एसयूभी ‘राइज’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक गरिएको छ भने राइजको बुकिङ खुल्ला गरेको समेत कम्पनीले जनाएको छ । कम्पनीले डिसेम्बर पहिलो साता बजारमा सार्वजनिक गर्ने योजना सहित राइजको बुकिङ खुल्ला गरेको जनाएको छ । 


नेपालमा सार्वजनिक हुन लागेको राइजमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६००० आरपीएममा ८८ पीएस पावर र ४५०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा ५ स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । राइजको लम्बाई ३९९५ एमएम, चौडाई १६९५ एमएम, उचाई १६२० एमएम, २५२५ एमएम ह्वीलवेस र १८५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३६९ लिटर क्षमताको बुट स्पेश रहेको छ । यसको तौल ९७० देखी १०५० केजी रहने छ । 


टोयोटा राइजमा कर्नरिङ ल्याम्प, स्मार्ट पार्किङ सिस्टम, एडप्टीभ ड्राइभिङ बीमसहितको एलइडी हेडल्याम्प, क्रुज कन्ट्रोल, ड्यूल एयरव्याग, कटन एयरव्यागजस्ता सुरक्षा फिचर दिइएको छ भने फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, रिभर्स पार्किङ डिस्प्ले सहितको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, रियर पार्किङ सेन्सर, १७ इन्चको अलोय ह्वील, रुफरेल, एलइडी टेलल्याम्प जस्ता विशेषता पाउन सकिन्छ । सो कारमा आइडल स्टार्ट-स्टप फङसनको साथ पुश स्टार्ट-स्टप बटन र मल्टि–स्पोक स्टेयरिङ ह्वील पनि समावेश गरिएको छ । 


टोयोटा राइज विभिन्न ८ कलर भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । टोयोटा राइज दुई भेरियन्टमा नेपाल आउने कम्पनीले जनाएको छ । राइजको अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख ५० हजार र म्यानुयल भेरियन्टको मूल्य ६६ लाख हुने अनुमान गरिएको छ । यसको आधिकारीक मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments