रोयल इन्फिल्डको मिटियोर ३५० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक विवेक अटोमोबाइल्सले एक भर्चुअल लाइभ कार्यक्रममार्फत सो मोटरसाइकल सार्वजनिक गरेको हो । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटियर ३५० को नेपाली बजारमा पहिले देखि प्रतीक्षा गरिएको मोटरसाइकल मध्य एक हो । सो मोटरसाइकल तीन विभिन्न भेरिएन्ट फायरबल, स्टेलर र सुपरनोभामा उपलब्ध छ भने ७ वटै कलर अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ । बिएस ६ संस्करणअन्तर्गत निर्माण भएको सो बाइकमा सुरक्षाको लागि डुअल च्यानल एबिएस दिइएको छ । कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । कम्पनीले यसको अगाडि चक्कामा ट्वीन पिस्टन फ्लोटीङ क्यालीपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २७० एमएमको डिस्क दिएको छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा अलोय ह्वील, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर उपलब्ध छन । यसैगरी सो बाइकमा स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर जस्ता फिचर पनि छन । सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क, ट्वीन साइड रियर सक एब्जर्बर समावेश गरिएको छ । साथै मेटोर ३५० मा ब्लुटुथ कनेक्टिभिटी र नेभिगेसन पनि समावेश गरिएको छ ।
कम्पनीले रोयल इन्फिल्डको मेटियर ३५० फायर वल भेरियन्टको नेपाली बजार मूल्य ६ लाख रुपैयाँ तोकेको छ भने स्टलर भेरियन्टको मूल्य ६ लाख १७ हजार र सुपरनोभा भेरियन्टको मूल्य ६ लाख ४५ हजार रुपैयाँ तोकेको छ । मेटियर ३५० रोयल इन्फिल्डको सबै शाखाबाट बिक्री तथा वितरण हुने कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड मेटियर ३५० ले नेपाली बजारमा होंडा एच'नेस सीबी ३५०, जवा पेराक, बेनेल्ली इम्पीरियाल ४००, होंडा सीबी ३५० आरएस, र बजाज डोमिनार ४००, सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।