Home / Blogs / नेपालले विद्युतीय गतिशीलतामा किन लगानी गर्ने; यस्ता छन् प्रमुख ५ कारण
  • Auto News and Updates
  • 0

नेपालले विद्युतीय गतिशीलतामा किन लगानी गर्ने; यस्ता छन् प्रमुख ५ कारण

Nepal Auto Trader

Share this News

image

नेपालमा बर्षेनी १५,००० गाडीहरू बिक्री हुन्छन् | गएको बर्ष नेपाली बजारमा बिक्रि भएको यी १५,००० गाडी मध्ये १२०० युनिट अर्थात् ०.८ % ईभी वा इलेक्ट्रिक गाडीहरू बिक्रि भएको थियो । यस्ता ईभी वा इलेक्ट्रिक गाडीहरूको बिक्री र खपत विकसित राष्ट्रहरूको तुलनामा नेपालमा धेरै कम भएको देखिन्छ भने संयुक्त राज्य अमेरिकामा यस्ता ईभी वा इलेक्ट्रिक गाडीको बजार २ प्रतिसत छ | यी विकसित देशहरूले ईभी प्लान्ट र पूर्वाधार बिकासका लागि पहिले नै ठूलो रकम लगानी र संचय गरिसकेका थिए | विकसित राष्ट्रहरूको मार्गदर्शन पच्छ्याउदै नेपालको सिमानामा पर्ने राष्ट्र; भारत र चीनले पनि आफ्नो रणनीतिक भविष्यमा नवीकरणीय उर्जाहरू समेटेका छन्। नतिजा स्वरूप भारत सरकारले २०३० सम्ममा १०० प्रतिशत इलेक्ट्रिक सवारी राष्ट्रको रूपमा आफू स्थापित गर्ने घोषणा गरिसकेको छ भने चीनले पनि २०३५ सम्ममा हाइब्रिड र नयाँ ऊर्जा सवारी साधन उत्पादन गर्ने र बिक्रि गर्ने महत्वाकांक्षी योजनाहरू विकास गरिसकेको छ ।


नेपाल रणनीतिक स्थानमा अवस्थित भएकोले आफ्नो बिकास नीतिमा विद्युतीय गतिशीलतामा लगानी गर्नु पर्ने जरुरि देखिन्छ | नेपालको एक महत्त्वपूर्ण संसाधनको रूपमा स्थापित बाह्रमासे नदी र जलस्रोत र यसको खपतको सम्पूर्ण स्वामित्वमा नेपाल सरकारमा नै निहित रहेको हुँदा नेपालले यस्ता दिगो लक्ष्यहरू लिनुपर्दछ र ईभी वा इलेक्ट्रिक पूर्वाधारको अनुसन्धान र विकासमा लगानी गर्नुपर्ने हुन्छ | यसले नेपालको आर्थिक पक्षका साथ अरु पक्ष पनि सबल बनाउन मद्दत गर्नुका साथै यी ५ उपलब्धि हासिल गर्न नेपाललाई मद्दत गर्छ |  


१. जलविद्युत क्षमता :


नेपालको विद्युत उत्पादन क्षमता द्रुत गतिमा बृद्धि भइरहेको छ। हालै जलविद्युत् विकासको प्रगतिमा १५,८८५ मेगावाट क्षमताको ३०२ वटा आयोजनाहरूले सर्वेक्षण अनुमतिपत्र पाई सकेको छ भने १७२ आयोजनाहरूले विद्युत उत्पादन लाइसन्स पाइसकेको छन् र ४६४२ मेगावाट क्षमताको आयोजनाहरु निर्माण भैरहेको छ। नेपालको प्रमुख नदीको आर्थिक सम्भावना उच्च रहेको छ र ५ प्रमुख नदि सप्तकोशी १०८६० मेगावाट, सप्त-गण्डकी २७०० मेगावाट,  कर्णाली र महाकाली २५,१२५ मेगावाट र दक्षिणी नदीहरु ७८७८ मेगावाट क्षमता राख्छ जुन ४२१३३ मेगावाट उत्पादन क्षमता हो र यसलाई सजिलै बजारीकरण गर्न सकिन्छ र यसले नेपालको विद्युतीय गतिशीलतामा ठोस् योगदान पुर्याउन मद्दत गर्छ |

२. ईन्धन र पेट्रोलियम आयात लागत घटाउन :


नेपालले प्रत्येक बर्ष करिब १ अर्बको पेट्रोलियम पदार्थ आयात गर्दैछ । गत बर्षमा पेट्रोलियम पदार्थको आयातका कारण पनि नेपालले ठुलो व्यापार घाटा ब्यवहर्नु परेको थियो | नेपालमा पेट्रोलियम पदार्थमा वार्षिक १०% माग बृद्धि हुदैँ आएको छ जबकी नेपाल बाट बहने बारहमासे नदी र जलस्रोत खेर गइ रहेको छ । पीक समयमा नेपालि अन्तरिक बजारमा केवल ११३० मेगावाट बिजुली खपत हुन्छ तर आर्थिक हिसाबले हेर्दा नेपाल ४२,१३३ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । त्यसैले सरकारले नेपालले विद्युतीय गतिशीलतामा लगानी गरे अतिरिक्त रुपमा उत्पादित बिजुलीको खपत र बिक्रि गर्न आन्तरिक तवरले सक्षम हुन्सक्छ र व्यापार घाटाका साथ साथै ईन्धन र पेट्रोलियम आयात लागत घटाउन पनि सक्छ ।


३. प्रदुषण / उत्सर्जन कम गर्न :


नेपालको सन्दर्भमा हाल वायु प्रदूषणले प्रमुख समस्या खडा गरिरहेको छ | यस समस्यालाई केहि हल गर्न खनिज उर्जा वा जिवाश्म ईन्धनको खपतमा कमि लेराउन जरुरि देखिन्छ | जिवाश्म ईन्धनको को एक दिगो बैकल्पिक श्रोत ईभी प्रणाली हो | यस्ता प्रणाली बिकाशगर्न नेपालमा प्रशस्तै बार्हमासे हिम नदि उपलब्ध छन् | त्यसैले फोसिल ईन्धनको विकल्पमा रहेका यस्ता ईभी तथा विद्युतीय ईन्धनको बिकास गरि सवारी लगानी नीति बनाउनदै, सक्षमता बिकाश र कार्यान्वयन गर्नु पर्ने हुन्छ | सरकारले नेपालले विद्युतीय गतिशीलतामा लगानी गरे फोसिल ईन्धनले निम्त्याउने वायु प्रदुषणलाई १०० % ले कमि गर्न सक्छ ।


४. आन्तरिक बजार र सडक-संजाल बिकास :


सार्वजनिक यातायात प्रणालीको विकास गर्दा, सरकारले नेपालले विद्युतीय गतिशीलतामा विशेष ध्यान दिनु पर्ने हुन्छ | सार्वजनिक विद्युतीय बस र सार्वजनिक विद्युतीय ट्रेन जस्ता सार्वजनिक यातायातले सडक-सम्पर्क र बजार संजाल निर्माण गर्न बृद्धि गर्छ | यसका साथ साथै नेपालि बजार सम्पर्क विकास गर्न पनि विद्युतीय गतिशीलताले विशेष योगदान पुराउँछ | नेपालको सार्वजनिक यातायात ग्रिडलाइनमा रेल-लिंकेज प्रणालीको सुरुवात भैसकेको छैन | यस अर्थमा सरकारले नेपालले विद्युतीय गतिशीलतामा लगानी गरे भविष्यमा गरिने यातायात स्क्र्याप लागत घटाउन पनि यसले मद्दत पुर्‍याउँछ र यसका साथै हाइड्रोपावर क्षेत्रको बिकास र उत्पादित बिजुलीको खपत बढाउँन निश्चित तवरले सहयोग पुर्‍याउँनुका साथ साथै आन्तरिक बजार निर्माण गर्न मद्दत गर्दछ ।


५. ईभी टेक्नोलोजी विश्वव्यापी भविष्य हो :


सन् २०२० मा विश्वव्यापी रूपम विद्युतीय सवारीको बिक्री ४३ % ले वृद्धि भएको छ। हालको ईवीएस बजार ३.२ मिलियन डलर बराबरको छ र यो अनुमान गरिएको छ कि विश्वव्यापी रूपमा २०२५ सम्म विद्युतीय सवारीले २० % को बजार ओगट्ने छ | तेस्ला, फोर्ड र गुगलले जस्ता ठुला कम्पनीहरूले ईवी प्रणालीमा लगानी गर्दैछन् र सन् २०४० सम्म बिक्रीका लागि राखिने सबै गाडी विद्युतीय सवारीसाधन हुने अनुमानित भविष्यवाणी पनि गरिसकिएको छ। यसप्रकारले हेर्दा नेपालले विद्युतीय गतिशीलतामा लगानी गरे पक्कै पनि नेपाललाई एउटा सुनौलो अवसर प्रदान हुनेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments