मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी एक्स ५० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले तीन भेरियन्टमा एक्स ५० सार्वजनिक गरेको जनाएको छ । कम्पनीले एक्स ५० स्ट्याण्डर्ड, प्रिमियम र फ्ल्यागसिप गरी तीन भेरियन्टमा नेपाली बजारमा भित्र्याएको हो । नेपाल भित्रिएको एक्स ५० प्रोटोनको दोस्रो एसयूभी हो जुन निकै प्रिमियम फिचर र आधुनिक डिजाइनमा रहेको छ । कम्पनीले नेपालमा प्रिमियम एसयूभी प्रोटोन एक्स ७० समेत बिक्री गर्दै आएको छ ।
प्रोटोन एक्स ५० मा १.५ लिटर टीजीडीआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १७७ पीएस पावर र २२६ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । यसमा स्टेरिङ मोड र ड्राइभ मोड गरी दुई मोड दिइएको छ । एसयूभी एक्स ५० मा १८ इन्चको अलोय ह्वील समावेश गरिएको छ ।
प्रोटोन एक्स ५० को लम्बाई ४२९८ एमएम, चौडाई १७९५ एमएम, उचाई १६०९ एमएम, २६०० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३३० लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १६ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
एसयूभी एक्स ५० मा फुल एलइडी हेडल्याम्प,अटो हेडलाइट, अटो वाइपर, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता आधुनिक विशेषता पाउन सकिन्छ । यसैगरी सो कारमा ८ वटा स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू जस्ता सुविधाहरू पाउन सकिन्छ ।
त्यस्तै सुरक्षाका लागि एक्स ५० ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी), एबीएस, एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।
प्रोटोन एक्स-५० स्ट्यान्डर्ड भेरियन्टको नेपाली मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार र फ्ल्यागसिप भेरियन्टको ८४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । जगदम्बा मोटर्सले तीनै भेरियन्टको आधिकारिक विक्री भने चैत ९ गते देखि हुने जनाएको छ । प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।