Home / Blogs / प्रोटोन ‘एक्स ७०’ नेपालमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Cars
  • 0

प्रोटोन ‘एक्स ७०’ नेपालमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स ७० औपचारिक रुपमा सार्वजनिक भएको छ ।  नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले मलेसियन ब्राण्ड प्रोटोनको एसयूभी ‘एक्स ७०’ नेपालमा आधिकारीकरुपमा विक्री सुरु गरेको पनि जनाएको छ । सो गाडीको फेसबुक लाइभमार्फत भर्चुअल रुपमा विशेषता र मूल्य पनि सार्वजनिक गरिएको छ । कोभिड १९ को दोस्रो लहरको कारण सो गाडी विक्री सुरु हुन पाएको थिएन ।


नेपाली बजारमा चार विभिन्न भेरिएन्टमा प्रोटोन एक्स ७० उपलब्ध हुनेछ; १.५ टिजीडिआई स्टान्डर्ड २डब्लुडी, १.५ टिजीडिआई एक्जिक्युटिभ २डब्लुडी, १.५ टिजीडिआई एक्जिक्युटिभ एडब्ल्युडी र १.५ टिजीडिआई प्रिमियम २डब्लुडी । पहिलो भेरिएन्ट १.५ टीजीडीआई स्ट्यान्डर्ड टु ह्विल ड्राइभ हो जसमा १.५ लिटर टर्बो डाइरेक्ट ग्यासोलिन इन्जिन छ । सो गाडीमा बेसिक भ्वाइस कमान्ड, एयर प्युरिफायर, ६ स्पिकर सहितको १८ इन्च टचस्क्रिन, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, अटो हेडल्याम्प, रियर क्यामेरा, रियर सिट र १७ इन्च अलोय ह्विल जस्ता बिशेषता रहेका छन् । यसको नेपाली मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


त्यस्तै अर्को भेरिएन्ट १.५ टीजीडीआई एक्जिक्युटिभ पनि टु ह्विल ड्राइभ हो जसमा ३६० डिग्री क्यामेरा, पावर एड्जस्ट ड्राइभर सिट, रेन सेन्सिङ वाइपर्स, ८ स्पिकर, अटो डिमिङ रियरभ्यु मिरर, कर्नरिङ लाइट, १८ इन्च अलोय ह्विल, लेदरेट सिट, एलईडी हेडल्याम्प, एलईडी डीआरएल, पावर टेलगेट, फ्रन्ट सिट भेन्टिलेसन जस्ता बिशेषता रहेका छन् । यसको नेपाली मूल्य ९१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अनी अर्को भेरिएन्ट १.५ टीजीडीआई एक्जिक्युटिभ अल ह्विल ड्राइभ हो जो एक्जिक्युटिभ टु ह्विल ड्राइभसँग समान रहेको छ भने यसको नेपाली मूल्य ९६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


प्रोटोन एक्स ७० को प्रिमियम भेरिएन्टको रुपमा १.५ टीजीडीआई प्रिमियम टु ह्विल ड्राइभ छ । यसमा एड्भान्स ड्राइभर एसिस्टेन्स, ब्लाइन्ड स्पट असिस्ट, फ्रन्ट क्र्यास वार्निङ, लेन डिपार्चर वार्निङ, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ । प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ समेत उपलब्ध रहेको छ । यसको नेपाली मूल्य १ करोड ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


प्रोटोन एक्स ७० मा १.५ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन उपलब्ध रहेको छ । सुरक्षाको लागि सबै भेरियन्टमा ६ ओटा एयरब्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, डोर वार्निङ, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर जस्ता धेरै फिचर रहेका छन् । फाइभ स्टार सेफ्टी रेटिङ पाएको सो गाडी नेपाली बजारमा स्नो ह्वाइट, आर्मर सिल्भर, जेट ग्रे र स्पेस ग्रे गरी चार कलर भेरिएन्टमा उपलब्ध हुनेछ ।  प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध रहेको छ ।






Our latest comments