Home / Blogs / नयाँ जेनेरेशन सेलेरियोको आधिकारीक रुपमा विक्री सुरु; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

नयाँ जेनेरेशन सेलेरियोको आधिकारीक रुपमा विक्री सुरु; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले आफ्नो प्रतिक्षित मोडल ह्याचब्याक सेलेरियोको नयाँ जेनेरेशन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले उत्कृष्ट माइलेज सहितको नयाँ जेनेरेशन सेलेरियो नेपाली बजारमा बिक्री बितरण सुरु भईसकेको पनि जनाएको छ । नेपाल आएको दुई हप्ता पछी यसको आधिकारीक रुपमा विक्री सुरु भएको कम्पनीले जनाएको हो । कम्पनीले नयाँ जेनेरेशन सेलेरियो विभिन्न तीन भेरियन्टमा सार्वजनिक गरेको जनाएको छ । नयाँ सेलेरियो पहिलेभन्दा धेरै पावरफुल रहेको छ ।


सेलेरियोको नयाँ जेनेरेशन सुजुकीको हार्टटेक प्लेटफर्ममा तयार गरिएको छ । नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट भीभीटी पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ३५०० आरपीएममा ८९ एनएम टर्क र ५५०० आरपीएममा ६७ पीएस पावर जेनेरेट गर्छ । पुरानो सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र १ एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले ५ स्पिड म्यानुयल र अटोमेटिक गियरबक्समा बजारमा उपलब्ध गराएको छ । सो कारले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।


नयाँ जेनेरेशन सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम रहेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सेलेरियोको तौल ८५० केजी रहेको छ भने सो कारमा ३५ लिटरको इन्धन ट्यांकी दिइएको छ । सो कारमा २३५ लिटरको बुट स्पेस पाउन सकिन्छ । यसमा १५ इनच अर्थात ३८.०२ सेमी अर्बन ब्ल्याक अलोय ह्विल र अगाडिको फगल्याम्प दिइएको छ । यसमा ६०ः४० स्प्लिट रियर सिट र उचाइ–समायोज्य ड्राइभर सिट रहेको छ ।


सेलेरियोमा अपडेट हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध छन भने यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । सो कारमा आइडल स्टार्ट-स्टप फङसनको साथ पुश स्टार्ट-स्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील पनि समावेश गरिएको छ । सो कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गरिएको छ भने यसमा रहेका १२ भन्दा बढी सुरक्षा सुविधाहरूले सबैका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । 


नयाँ जेनेरेशन सेलेरियो विभिन्न तीन भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । सेलेरियो भिएक्सआईको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआईको २९ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ ।  सो कारले नेपालमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments