Home / Blogs / नयाँ जेनेरेशन सेलेरियो सार्वजनिक; नेपालमा पनि सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

नयाँ जेनेरेशन सेलेरियो सार्वजनिक; नेपालमा पनि सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले आफ्नो प्रतिक्षित मोडल ह्याचब्याक सेलेरियोको नयाँ जेनेरेशन सार्वजनिक गरेको छ । केही दिन अघी मात्र यसको टिजर र तस्बिर सार्वजनिक गरिएको थियो । कम्पनीले नयाँ जेनेरेशन सेलेरियो विभिन्न ४ भेरियन्टमा सार्वजनिक गरेको जनाएको छ । निकै आकर्षक लुक्समा सार्वजनिक गरिएको सेलेरियोमा आइडल स्टार्ट–स्टप फिचर दिइएको छ जसले २६ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्ने छ । नयाँ सेलेरियो पहिलेभन्दा धेरै पावरफुल हुने कम्पनीले जनाएको छ ।


नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट भीभीटी पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्दछ । हार्टेक्ट प्लेटफर्ममा निर्मित पुरानो सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले ५ स्पिड म्यानुयल र अटोमेटिक गियरबक्समा बजारमा उपलब्ध गराएको छ । यसको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम रहेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


नयाँ जेनेरेशन सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ भने यसको क्यावीन पहिलेको भन्दा प्रिमियम बनेको कम्पनीले जनाएको छ । सेलेरियोमा अपडेट हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध छन भने यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । सो कारमा आइडल स्टार्ट-स्टप फङसनको साथ पुश स्टार्ट-स्टप बटन, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील पनि समावेश गरिएको छ । 


नयाँ जेनेरेशन सेलेरियो बिभिन्न्न ४ वटा ट्रिम एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसमा सार्वजनिक गरिएको छ । सो कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ । भारतमा सेलेरियोको मूल्य ४ लाख ९९ हजारदेखि ६ लाख ९४ हजारसम्म मूल्य तोकिएको छ भने यसको नेपाली बजार मुल्य २५ लाखदेखि ३२ लाखसम्ममा हुने अनुमान गरिएको छ । सो कारले नेपालमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments