नेपाली बजारमा टाटाको इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगोर ईभी सार्वजनिक भएको जनाएको छ । टाटा टिगोर एक सफल सेडानको नामबाट नेपाली बजारमा प्रख्यात छ । टिगोर ईभी एक्सई, एक्सएमई र एक्सजेड प्लसलाई गरी तीन भेरिएन्टमा नेपाली बजारमा उपलब्ध रहेको सिप्रदीले जनाएको छ । टिगोर इभी जिपट्रेन प्रबिधीमा आधारित भई निर्माण गरिएको कम्पनीले जनाएको छ ।
टाटा टिगोर ईभीमा २६ किलोवाट आवरको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ जुन मोटरले ७४ बिएचपी र १७० एनएम टर्क जेनेरेट गर्छ । यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ भने १५ एएमपी प्लगबाट चार्ज गर्दा ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । यसमा भएको ब्याट्रीले सिंगल चार्जमा ३०६ किलोमिटरको रेन्ज दिने भारतको एआरआईले प्रमाणित गरेको छ । यो नयाँ कारलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
टिगोर इभीको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम, उचाई १५३२ एमएम रहेको छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १२३५ केजी वजन रहेको सो इलेक्ट्रिक कारमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ । यसमा रहेको शक्तिशाली ब्याट्री प्याकको कारणले यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने कम्पनीले जनाएको छ । टिगोर इभीले ग्लोबल एनक्याप क्रायस टेष्टमा फोर स्टार रेटिङ पाउन सफल भएको छ ।
टिगोर ईभीमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प, ड्यूल एयरव्याग, इबीडीको साथ एबीएस, रियरभ्यू क्यामेरा, रियर पार्किङ सेन्सर जस्ता बिशेषता पाउन सकिन्छ । त्यसैगरी यसमा दुवै पांग्रामा डिस्क ब्रेक, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्क असिस्ट, हिल एक्सेन्ट असिस्ट, हिल डिसेन्ट असिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्पिड अलर्ट सिस्टम सहितका धेरै फिचरहरु उपलब्ध छन् । सो कारमा आकर्ष ह्विल र फोल्डेबल रियर भ्यू मिरर पनि दिइएको छ ।
टिगोर ईभीमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, एडजस्ट गर्न मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ । सुरक्षाका लागि यसमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता अन्य धेरै सुबिधा रहेका छ्न । यसमा स्मार्ट की पुस–बटन स्टार्ट र पोर्टेबल चार्जिङ केबल पनि उपलब्ध रहेको छ ।
टाटा टिगोर इभी डेटोन ग्रे र टिल ब्लू गरी दुई कलर अप्सनमा उपलब्ध रहेको छ । यसको सुरुवाती भेरिएन्ट एक्सईको नेपाली बजार २९ लाख ९९ हजार, मिडियम भेरिएन्ट एक्सएमको ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसको ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यसको ब्याट्री र इलेक्ट्रिक मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।