नेपाली बजारमा युवा वर्गको सबैभन्दा बढी रोजाइमा पर्ने मोटरसाइकल मध्य एक हो केटीएम । केटीएम मोटरसाइकलको लागि नेपालको लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले हालै सबै मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले केटीएम ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, केटीएम आरसी २००, आरसी ३९०, एड्भेन्चर २५० मोडल बीएस ६ इन्जिनमा नेपाली बजारमा बिक्री तथा वितरण गर्दै आएको छ । हाल उपलब्ध बिएस ६ मोडल बाइकमा हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्प अपग्रेड गरिएको छ । सबै मोडलका मोटरसाइकल बीएस ६ इन्जिनमा आएसँगै केही मूल्य समेत वृद्धि गरिएको थियो भने अहिले आजदेखि लागु हुने गरिसबै मोडलको मूल्य वृद्धि फेरी गरिएको छ । यस्तो छ सबै मोडलको नयाँ मूल्य ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
केटीएम २०० ड्युक | १९९.५ सिसी | रु. ५,८४,९०० |
केटीएम २५० ड्युक | २४८.८ सिसी | रु. ७,२४,९०० |
केटीएम ३९० ड्युक | ३७३.२ सिसी | रु. ९,६९,९०० |
केटिएम २५० एड्भेन्चर | २४८.८ सिसी | रु. ८,१९,९०० |
केटीएम ३९० एड्भेन्चर | ३७३.२ सिसी | रु. १०,८९,९०० |
केटीएम आरसी २०० | १९९.५ सिसी | रु. ६,५९,९०० |
केटीएम आरसी ३९० | ३७३.२ सिसी | रु. ९,४४,९०० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।
PREVIOUS NEWS