Home / Blogs / किया सोरेन्टो हाइब्रिड नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Upcoming Cars
  • 0

किया सोरेन्टो हाइब्रिड नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

कियाले आफ्नो पहिलो हाइब्रिड एसयूभी सोरेन्टो नेपाली बजारमा सार्वजनिक गरेको छ ।  कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ भनेर जनाएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले आफ्नो पहिलो हाइब्रिड एसयूभी सोरेन्टो अब छिट्टै नेपाली बजारमा बिक्री सुरु गर्ने पनि जनाएको छ । कम्पनीले केही समय अघि बाट सोरेन्टोको प्रि–बुकिङ खुल्ला समेत गरेको छ । नयाँ सोरेन्टो एक सफल हाइब्रिड एययुभी मध्य पर्छ ।


किया सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटीक मोटरसहितको १.४९ किलोवाट आवरको ब्याट्री रहेको छ । टिएमइडी संरचनामा आधारित सो कार तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ । नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक छ भने यसले उत्कृष्ट माइलेज दिने कम्पनीले जनाएको छ । सो कारमा विद्युतीय मोटर र पेट्रोल इन्जिन दुवै छ ।  सो कारले सुरुमा २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ भने त्यसपछि पेट्रोल इन्जिनले अघि बढ्छ । 


सुरक्षाका लागि यसमा सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनीक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले दीइएको छ । यसमा नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो गरी सात मोड दीइएको छ । यसमा १२.३ इन्चको अल-डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजी, ३६० डिग्री क्यामेरा, नाप्पा लेदरको प्रयोग भएको इन्टेरियर, मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रीक सिट जस्ता बिशेषता छन ।


नयाँ सोरेन्टोमा १९ इन्चको अलोय ह्वील, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ, २८१० एमएमको ह्वीलबेस पनि पाउन सकिन्छ । सो एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच आकर्षक कलर अपसनमा उपलब्ध छ । किया सोरेन्टो हाइब्रिडको नेपाली बजार मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सोरेन्टोको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारियर, जिप कम्पास र एमजी हेक्टरसँग हुनेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments