Home / Blogs / होन्डा सीबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता
  • Latest Bikes
  • 0

होन्डा सीबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

Nepal Auto Trader

Share this News

image

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको ‘सीबी ३५० आरएस’ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकलको विक्री सुरू समेत गरेको जनाएको छ । कम्पनीले हाइनेस ३५० को स्पोर्टी भर्सनको रुपमा सीबी ३५० आरएस नेपालमा उतारेको हो । केही दिन अघी नै कम्पनीले हाइनेस सिबी ३५० नेपाल ल्याएको थियो । सिबी हाइनेसको सफलता पछी कम्पनीले सिबी ३५० आरएसको नेपालमा विक्री सुरु गरेको हो ।


होन्डा सीबी ३५० आरएसमा ३४८.३६ सीसी सिंगल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन रहेको छ जुन इन्जिनले ५ हजार ५०० आरपीएममा २०.७ बीएच पावर तथा ३ हजार आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्दछ । त्यस्तै सो मोटरबाइकमा ५ स्पिडको गियरबक्स तथा इन्जिनमा स्लिपर क्लच दिइएको छ । सिबी ३५० आरएसको लम्बाई २१७१ एमएम, चौडाई ८०४ एमएम, उचाई १०९७ एमएम, ह्वीलबेस १४४१ एमएम, सिट हाइट ८०० एमएम रहेको छ । यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १६८ एमएम रहेको छ ।  यसको दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।


होन्डा सीबी ३५० आरएस बाइकमा एलईडी हेडल्याम्प, टेलल्याम्प र इन्डिकेटर, अलोय ह्विल, १५ लिटरको इन्धन ट्यांकी, स्मार्टफोन भ्वाइस कन्ट्रोल र ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् । यसका साथै सो मोटरसाइकलमा स्पोर्टी ग्रयाबरेल, स्किड प्लेट, वाइड प्याटर्न टायर तथा दुवैतिर सार्प एलईडी टर्न इन्डिकेटर पनि उपलब्ध छन्  । साथै यसमा ब्याट्री भोल्टमिटर रिडिङ, गियर पोजिसन इन्डिकेटर, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी) र हिट सिल्डका साथ ब्ल्याक फिनिसिङ एक्जस्ट सिस्टम दिइएको छ ।


होन्डा सीबी आरएसको नेपाली मूल्य ७ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरिएको कम्पनीले जनाएको छ । सिबी ३५० आरएस मोर्डन डिजाइनमा बनेको एक रेट्रो क्लासीक मोटरसाइकल हो । सो बाइक विशेष गरी युवाहरु, अफरोड राइड गर्न र घुम्न बढी रुचाउनेको लागि निर्मित गरिएको कम्पनिले जानाएको छ । यो मोटरसाइकलले रोयल इन्फिल्ड र जावाका उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









Our latest comments