नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले मोटरसाइकल तथा स्कुटरको नेपाली बजार मूल्य फेरी वृद्धि गरेको छ । कम्पनीले निषेधाज्ञा खुकुलो भएसँगै आफ्ना उत्पादनको मूल्य बढाएको जनाएको छ । कम्पनीले केहि दिनअघि अगाडि मात्र नयाँ मूल्य सुची सार्वजनिक गरेको हो । नेपाली बजारमा होन्डाका मोटरसाइकलहरुमा साइन, सिडी ड्रिम, एक्सब्लेड, हर्नेट, एक्स आर, सीबीआर उपलब्ध छन भने स्कुटरमा डिओ, एक्टिभा, एभिएटर, ग्राजिया रहेका छन् । कम्पनीले एक्सव्लेड, हर्नेट र नाभीको मूल्य भने बढाएको छैन । यस्तो छ होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सुची ।
यस्तो छ होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य:
| मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
| होन्डा सिडी ड्रिम डीएलएक्स | ११० सिसी | रु. १,१९,९०० |
| होन्डा सिबी साइन डीआरएस | १२५ सिसी | रु. २,१९,९०० |
| होन्डा सिबी साइन डीएसएस | १२५ सिसी | रु. २,२९,९०० |
| होन्डा साइन एसपी–डीआरएस | १२५ सिसी | रु. २,३९,९०० |
| होन्डा साइन एसपी-डीएसएस | १२५ सिसी | रु. २,४९,९०० |
| होन्डा सीबी युनिकर्न एसटीडी | १६० सिसी | रु. २,६९,९०० |
| होन्डा डिओ | १२५ सिसी | रु. २,१९,९०० |
| होन्डा एभिएटर | १२५ सिसी | रु. २,२२,९०० |
| होन्डा ग्राजिया स्टायडर्ड | १२५ सिसी | रु. २,२४,९०० |
| होन्डा ग्राजिया डिलक्स | १२५ सिसी | रु. २,४७,९०० |
| होन्डा एक्टिभा | १२५ सिसी | रु. २,२४, ९०० |
PREVIOUS NEWS