Home / Blogs / हिरो मेस्ट्रो एज १२५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooter
  • 0

हिरो मेस्ट्रो एज १२५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा हिरोले १२५ सीसीको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागी हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले १२५ सीसीको मेस्ट्रो एज उपलब्ध गराएको हो । हिरोले पहिले नेपाली बजारमा ११० सीसीको मेस्ट्रो एज स्कुटर नेपाली बजारमा बिक्री गर्दै आएको थियो । हालै एक कार्यक्रमका बीच नेपाल जनरल मार्केटिङले सो स्कुटर सार्वजनिक गरेको जनाएको हो । विभिन्न आधुनिक विशेषताहरु उपलब्ध रहेको सो स्कुटर धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।


हिरो मेस्ट्रो एज १२५ मा एक्ससेन्स टेक्नोलोजी सहित १२४.६ सीसी बीएस-६ प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ७००० आरपीएममा ९ बीएचपी पावर र ५५०० आरपीएममा १०.४ एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटरको अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक रहेको छ । साथै यसमा रहेको कोम्बी ब्रेक सिस्टमले स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्ने मद्दत गर्दछ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ । 


हिरो मेस्ट्रो एज १२५ को लम्बाई १८४३ एमएम, चौडाई ७१५ एमएम, उचाई ११८८ एमएम, १२६१ एमएम ह्वीलवेस र १५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १११ केजी रहेको छ भने सो स्कुटरमा ७७५ एमएमको सिट उचाई दिइएको छ । सो स्कुटरमा ५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ५५ किलोमिटर माइलेज दिनेछ । यसको १० इन्च अलोय रिममा ९०/९०–१२ र ९०/१००-१० ट्युबलेस टायर रहेको छ ।


नयाँ मेस्ट्रो एज १२५ मा ब्लुटूथ केनेक्टिभिटीसहितको पूर्ण डिजिटल स्पिडोमिटर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, टर्न–बाइ–टर्न नेभिगेसन, मिस कल अलर्ट, इनकमिङ कल अलर्ट, आरटीएमआई (रियल–टाइम माइलेज इन्डिकेसन), इको इन्डिकेटर र लो फ्युल इन्डिकेटर जस्ता फिचर उपलब्ध छन । यसै गरी यसमा एलईडी हेडल्याम्प तथा एलईडी डीआरएल, फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट, आधुनिक फ्रन्ट डिजाइन, मास्क गरिएको विंकर र नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप जस्ता बिशेषता दिइएको छ ।


मेस्ट्रो एज १२५ क्यान्डी ब्लेजिङ रेड, प्यान्थर ब्ल्याक, पर्ल सिल्भर व्हाइट, म्याट टेक्नो ब्लू, प्रिज्म्याटिक येलो र प्रिज्म्याटिक पर्पल गरी ६ कलर अपसनमा उपलब्ध रहेको छ । सो स्कुटरको नेपाली बजार मूल्य २ लाख ६६ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसले नेपाली बजारमा टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments