Home / Blogs / हिरो एक्सपल्स २०० फोरभीको नेपाली बजारमा विक्री सुरु; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

हिरो एक्सपल्स २०० फोरभीको नेपाली बजारमा विक्री सुरु; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा हिरोको एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी सार्वजनिक भएको छ । नेपालका लागी हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० फोर भीको विक्री सुरु गरेको पनि जनाएको छ । सन् २०१९ मा पहिलो पटक नेपाली बजारमा विक्री सुरु भएको एक्सपल्स २०० एक एड्भेन्चर मोटरसाइकलको रुपमा चिनिन्छ । हालै एक कार्यक्रमका बीच नेपाल जनरल मार्केटिङले अन्य एक स्कुटरका साथै यो मोटरसाइकल समेत सार्वजनिक गरेको जनाएको हो ।


एक्सपल्स २०० फोर भीमा २०० सीसी बीएस ६ आयल कू्ल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ८५०० आरपीएममा १९.१ पीएसको पावर र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ । ७ फिन आयल कुलरको प्रयोग गरिएको सो मोटरबाइकमा ५ स्पिड गियरबक्स उपलब्ध रहेको छ । सो मोटरसाइकलमा ४ वटा भल्भको प्रयोग भएको छ जसले मध्य र उच्च गतिमा उत्कृष्ट शक्ति प्रदान गर्दछ । 


एक्सपल्स २०० फोर भीको लम्बाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम, ग्राउण्ड क्लियरेन्स २२० एमएम र १४१० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १५८ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । सो मोटरसाइकलमा लङ सस्पेन्सन ट्राभल १९० एमएम फ्रन्ट र १७० एमएम रियर साथै २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्वील रहेको छ । 


नयाँ एक्सपल्स २०० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । त्यस्तै यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, ड्युअल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ जसले गर्दा इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको छ ।


एक्सपल्स २०० फोर भी विभिन्न तीन कलर भेरियन्टमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । हिरो एक्सपल्स २०० फोरभीको नेपाली बजार मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ फोर भी मोडलको मूल्य रेगुलरको तुलनामा ४७ हजार रुपैयाँ बढी राखेर विक्री सुरु गरिएको हो । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकमलाई किस्ताबन्दीको रुपमा बुझाउन सक्ने व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ ।  सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments