Home / Blogs / डिएफएसके ग्लोरी आई-अटो नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

डिएफएसके ग्लोरी आई-अटो नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालका लागि डीएफएसके गाडीको आधिकारिक वितरक कुजु नेपाल प्रालिले एसयूभी ग्लोरी आई–अटो सार्वजनिक गरेको छ । ७ सिट क्षमताको आई अटो इन्टेलीजेन्ट एसयूभी हो जुन नेपालकै पहिलो ७ सिटर एसयूभी हुन पुगेको छ । आज एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो एसयूभी सार्वजनिक गरेका हुन् । यसअघि कुजु नेपाल प्रालिले ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी नेपाली बजारमा विक्री गर्दै आएको छ ।


ग्लोरी आई-अटोमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । सो एसयूभीमा चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । मुख्यता यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिने कम्पनिले जनाएको छ । सो गाडीमा आईटक नामको एस भ्वाइस कमाण्डको दिइएको छ जसको सहायताले फोन, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर चलाउन सकिन्छ ।


ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको सो एसयूभीमा सबै एलइडी लाइट, दुई एग्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफरेल पाउन सकिन्छ । त्यस्तै सो गाडीमा किलेस इन्ट्री, अटो फोल्ड ओआरभीएम, रेन सेन्सिङ वाइपर जस्ता फिचर पनि उपलब्ध रहेका छन । १८ इन्चको अलोय ह्वील भएको सो गाडीमा सुरक्षाको लागि अगाडि ४ एयरव्याग, इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम, एबीएस, इबीडी तथा इबीए हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर जस्ता फिचर रहेका छन ।


ग्लोरी आई–अटोमा  क्रुज कन्ट्रोल, अटो एसी, क्लाइमेट कन्ट्रोल, ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्टेड मेटेरियल, लेदर सिट कभर, सिक्सवे एट्जस्टेबल ड्राइभर सिट दिइएको छ । सो एसयूभी नेपाली बजारमा अटोमेटिक गियरबक्समा उपलब्ध छ । सो गाडीमा अलार्म सिस्टम तथा इम्मोबिलाइजर जडान गरिएको छ जसले गर्दा गाडीको चोरी हुने समस्या कम गर्दछ । ग्लोरी आई–अटोको नेपाली बजार मुल्य ९० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

 

Our latest comments