फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले आफ्नो प्रिमियम मिडसाइज एसयूभी एयरक्रस सी–५ को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सी-५ को फेसलिफ्ट भर्सन नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने जनाएको छ । हाललाई भने सांग्रिला मोटर्सले मिड साइजको प्रिमियम ५ सिटर एसयूभी सी ५ एयरक्रसको पुरानो मोडलनै बिक्री गर्दै आएको छ । नयाँ सी-५ मा सामान्य परिमार्जन गरिएको छ भने नयाँ आधुनिक फिचर समेत दिइएको छ ।
नयाँ जेनेरेशन सी ५ पहिलो जेनेरेशन सी ५ भन्दा धेरै फरक रहेको छ । यसको फ्रन्ट ग्रिल परिवर्तन गरिएको छ जसमा पहिलाको भन्दा आधुनिक देखिने ग्रिल दिइएको छ । यसमा नयाँ हेडलाइट, एलइडी डिआरएल, नयाँ टेललाइट क्लष्टर, फ्रेस एलइडी ग्राफिक्स, ग्रिलको बीचमा प्यारलल् टल्कीने स्टाइप, रिडिजाइन बम्पर, र रिडिजाइन ओआरभीएम जस्ता फिचर पाउन सकिन्छ । सो एसयूभीमा नयाँ डिजाइनको १८ इन्चको अलोय ह्वील र १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ ।
सिट्रोन सी ५ ग्लसी ब्ल्याकमा आउने कम्पनीले जनाएको छ । सो कारमा यूएसबी पोर्ट, एक्टा स्टोरेज कम्पार्टमेन्ट, ड्राइभिङ मोड जस्ता नयाँ फिचरहरु पनि उपलब्ध छन । नयाँ सिट्रोन सी ५ लम्बाई ४५०० एमएम, चौडाई २०९९ एमएम, उचाई १७१० एमएम, २७३० एमएम ह्वीलवेस र २३० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ५८० लिटर क्षमताको बुट स्पेश र ५३ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको गियर लिभरको ठाँउमा सानो सुइच दिइएको छ जसले गियर परिवर्तन पनि गर्ने सकिन्छ ।
सिट्रोन सी ५ एयरक्रस १.५ लिटर र २.० लिटर डिजेल इन्जिन, १.२ लिटर र १.६ लिटर पेट्रोल इन्जिन गरि चार इन्जिन अप्सनमा उपलब्ध रहेको छ । सी ५ मा रहेको इन्जिनले १६५ एचपीको पावर २४० एनएमको टर्क प्रदान गर्दछ । सबै इन्जिनको विवरणको बारेमा भने कम्पनीले आधिकारीक जानकरी गराएको छैन । ६ स्पिड म्यानुअल ट्रान्समिसनको साथै डुअल क्लच अटो अप्सन र ८ स्पीड अटोमेटिक युनिट समेत यो एसयुभी उपलब्ध हुने कम्पनीले बताएको छ ।
सिट्रोन सी ५ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रोन एस यू भी हो । नेपालमा पनि सिट्रोनको एयरक्रस विक्री भइरहेकोले अब फेसलिफ्ट भर्सन पनि चाँडै आउने अनुमान गर्न सकिन्छ । सो एसयूभीले नेपाली बजारमा टोयोटा रेज, सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, होन्डा डब्लुआरभी, निशान म्याग्नाइट,रेनो काइगर, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । सिट्रोनको सोरुम अहिले थापाथलीमा रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।