फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभी सी ३ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सी ३ सन् २०२२ मा नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । हाललाई भने सांग्रिला मोटर्सले मिड साइजको प्रिमियम ५ सिटर एसयूभी सी ५ एयरक्रस नेपाली बजारमा बिक्री गर्दै आएको छ । यस्तोमा नयाँ सब फोर मिटर एसयूभी सी ३ नेपाली बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
सिट्रोन सी ३ एसयुभीमा १.२ लिटर क्षमताको टर्बो चार्जड् पेट्रोल इन्जिन जडान गरिएको छ । सबै इन्जिनको विवरणको बारेमा भने कम्पनीले आधिकारीक जानकरी गराएको छैन । ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै डुअल क्लच अटो अप्सनमा समेत यो एसयुभी उपलब्ध हुने कम्पनीले बताएको छ । सिट्रोन सी ३ को लम्बाई ३९८० एमएम, चौडाई १८२९ एमएम र उचाई १४७४ एमएम रहेको छ । यसैगरी एसयूभीको ह्वीलबेस २५३९ एमएम तथा १६२ एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको छ ।
सिट्रोन सी ३ मा रुफरेल, सिल्भर कलरको स्कीड प्लेट, कालो कलरमा बडी क्लाडिङ, भर्टिकल्ली स्प्लीट हेडल्याम्प, स्पोर्टी बम्पर, ड्यूलटोन अलोय ह्वील, क्रोम हाइलाइट सहितको फ्रन्ट ग्रिल जस्ता बिशेषता दिइएको छ । ड्यूल टोन कलर ड्यासबोर्ड, १० इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्सनल स्टेरिङ ह्वील, कनेक्ट कार टेक जस्ता आकर्षक फिचर यसमा उपलब्ध छन । सो कारमा डबल लेयर हेडल्याम्प पनि दिइएको छ ।
सिट्रोन सी ३ को मूल्य भने खुलाइएको छैन । नेपालमा पनि साँग्रिला मोटर्सले सिट्रोनको आयात सुरु गरेको छ । नेपाली बजारमा साँग्रिला मोटर्सले सिट्रोनको सोरुम काठमाडौंको थापाथलीमा शुभारम्भ गरेको छ । कम्पनीले आगामी वर्ष इलेक्ट्रीक कार सी फोर समेत नेपाली बजारमा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । सो एसयूभीले नेपाली बजारमा टोयोटा रेज, सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, होन्डा डब्लुआरभी, निशान म्याग्नाइट,रेनो काइगर, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।