Home / Blogs / नयाँ इन्जिनका साथ आउदै बजाजको पल्सर १५०
  • Upcoming Bikes
  • 0

नयाँ इन्जिनका साथ आउदै बजाजको पल्सर १५०

Nepal Auto Trader

Share this News

image

बजाज मोटरसाइकलले आफ्नो चर्चित मोडल पल्सरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।  बजाज पल्सर १५० क्लासिक नाम दिइइको यो बाइक निकै आर्कषक रहेको छ । रिपोर्टका अनुसार पल्सर १५० को नयाँ बाइक बीएस ६ इन्जिनको साथमा लन्च गरिने छ ।बजाज पल्सर १५० अत्यन्त नयाँ उत्पादन नभई पल्सर १५० को क्लासिक संस्करण भएको कम्पनीले जनाएको छ । यो पल्सरको सबैभन्दा सस्तो मध्येको एक मोडल हो । यसअघि १३५ सीसी पल्सर यो भन्दा सस्तो मूल्यमा आएको थियो ।   

नयाँ बजाज पल्सर १५० मा सबै ब्ल्याक कलर स्किम उपलब्ध छ र बडीको मल्टिपल पार्ट्समा रेड हाइलाइट छ । भाइजरसँगै हेडल्याम्प माथि पनि रेड लाइन छ । इन्धन ट्यांकीमा रहेको थ्रीडी पल्सरको लोगो पनि रेड पेन्ट गरिएको छ भने साइड प्यानलमा पनि त्यस्तै सेड छ । रियर प्यानलमा रहेको १५० को लोगो तथा रियर बडी ग्रयाब रेलमा पनि रेड पेन्ट गरिएको छ, जसले गर्दा बाइकलाई स्पोर्टी देखाउन थप भूमिका खेलेको छ । पहिलेका मोडल भन्दा फरक देखाउनका लागि यसको एलोई ह्विलमा समेत रेड कलरको भाग प्रयोग गरिएको छ ।

मेकानिकल्ली नयाँ बजाज पल्सर १५० मा केही परिवर्तन गरिएको छैन । यसमा १४९ सीसीको एयर कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १३.८ बीएचपी पावर र १३.४ एनएम टर्क प्रदान गर्छ । बजाज पल्सर १५० बजाजको सर्बाधिक बिक्री हुने मोडलमा गनिन्छ । हाल फेस्टिभ सिजनको सन्दर्भ पारेर बजाजले नयाँ मोडल लन्च गरेको छ । नेपालमा पनि पल्सर १५० का दुई मोडल उपलब्ध छन् । यसको मूल्य २ लाख ४९ हजार ९ सय र २ लाख ५७ हजार ९ सय रुपैयाँ छ ।

सो बाइक परीक्षणको समयमा सडकमा देखा परेको थियो । फोटो अनुसार नयाँ पल्सर र अहिले उपलब्ध पल्सरमा केही परिवर्तन देख्न सकिन्छ ।नयाँ पल्सर १५० को लुक्समा केही कस्मेटिक परिवर्तन गरिने छ । परीक्षणको समयमा देखा परेको सो बाइकमा नयाँ ग्राफिक्स देखिएको छ । साथै यसको फ्रन्टमा टेलिस्कोपिक रिफ्लेक्टर र ब्ल्याक बेली पेनमा पनि देख्न सकिन्छ । नयाँ पल्सर १५० मा बीएस ६ मापदण्डको इन्जिन उपलब्ध रहेको छ । सुरक्षाको लागि सो बाइकमा एन्टिलक ब्रेकिङ सिस्टम समावेश गरिएको छ । सो बाइकको रियरमा डिस्क ब्रेकको स्थानमा ड्रम ब्रेक जडान गरिएको छ । यसले बाइकको लागत कम हुने र बाइकको मूल्यमा पनि केही कमी हुनेछ ।

Our latest comments