एकैपटक ३ सय बिजुली बसको ठेक्का गर्ने तयारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ३ सय वटा बिजुली बसको ठेक्का गर्ने तयारी थालेको छ। सहसचिवको संयोजकत्वमा बनेको कमिटीले यो बारेमा अध्ययन गरिरहेको मन्त्रालयको उच्च स्रोतले जनाएको छ।

‘अहिलेसम्म हामीसगँ ३ अर्ब मात्र छ। अरु स्रोतको खोजी भइरहेको छ। सकेसम्म एकैपटक ३ सय बिजुली बसकै ठेक्का गर्ने योजना छ,’ स्रोतले भन्यो। करिब २ हप्ता भित्रै ठेक्का प्रकृया सुरु हुने भएकाे छ।

‘डकुमेन्टेसन, गाडीको स्पेसिफिकेसन लगायतका आधारभुत काम फास्ट ट्रयाकमा भइरहेको छ। २ हप्ता भित्रमा ठेक्का प्रकृया अगाडि बढ्छ होला,’ स्रोतले भन्यो। गत असार अन्तिम साता नेपाल सरकारले ३ सय बिजुलीबस संचालनको लागि ३ अर्ब रुपैयाँ साझा यातायातललाई दिने निणर्य गरेको थियो।

त्यसको ३ महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद प्रकृया रोक्न भन्यो र त्यसको ४ महिनापछि मन्त्री परिषद्ले त्यो पैसा फिर्ता ल्याउने र सरकारले आफैले खरिद गर्ने निणर्य गरेको थियो।

SOURCE:



Share Page

0 Comments

Write a comment

menu
menu