फुल चार्जमा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक बस नेपालमा

नेपाली बजारमा ब्राइसन ब्राण्डका इलेक्ट्रिक बस भित्रिएका छन् । एक कार्यक्रमको आयोजना गरी ती बस सार्वजनिक गरिने कार्यक्रम छ । विद्युतीय सवारीसाधन निमार्ता कम्पनी ‘ब्रिजसन’को नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरोक्सले यो बिजुली बस नेपालमा भित्र्याउन लागेको हो। 

करिब २ महिनामा नेपालमा गाडीकाे बिक्री वितरण सुरु हुने कम्पनीका म्यानेजिङ डाइरेक्टर सौरभ थापाले जानकारी दिए। उनका अनुसार ३६ सिट क्षमताको यो बस चार्ज गर्न फास्ट चार्जरले ४ घण्टा र सामान्य चार्जरले ८ घण्टा लाग्ने छ। यो बसले फुलचार्जमा १ हजार किलोमिटर गुड्ने विश्व रेकर्ड समेत कायम गरेको उनले जानकारी दिए।

अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको ब्याट्रीमा २० वर्षको ग्यारेन्टी प्रदान गरिने हिमालय मोटरोक्सले जनाएको छ । यी बसमा प्रयोग भएका इलेक्ट्रिक मोटरले १०७ बीएचपीदेखि १८७ बीएचपीसम्मको पावर प्रदान गर्छ । यसले ६ सय एनएम टर्क प्रदान गर्नेछ । बसमा ३६ सिट उपलब्ध छन् ।

केही महिनामै सो गाडीको बिक्री नेपालमा प्रारम्भ गरिने र बसको विस्तृत विवरण समेत सार्वजनिक गरिने कम्पनीका म्यानेजिङ डाइरेक्टर सौरभ थापाले बताएका छन् । नेपाली बजारमा यति धेरै माइलेज दिने बस नआए पनि एक पटकको फुल चार्जमा ८ सय किलोमिटर भन्दा बढी चलाउन सकिने बस आउने अनुमान गरिएको छ ।

 

Share Page

0 Comments

Write a comment

menu
menu