Home / Blogs / फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
  • Latest Cars
  • 0

फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

Nepal Auto Trader

Share this News

image

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसनले नेपाली बजारमा फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । पूजा इन्टरनेसनल नेपाल प्रालिले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । कम्पनिका अनुसार सो एसयूभी डाइनामिक लाइनमा तीन ट्रिम लेभल कम्फर्टलाइन, हाइलाइन र टपलाइन हुनेछन् भने पर्फमेन्स लाइनमा जीटी र जीटी प्लस गरी दुई ट्रिम लेवल हुनेछन् ।नेपाली बजारमा हाल उपलब्ध यो क्याटागोरीका एसयूभी मध्ये टाइगुनको पावर र टर्क सबैभन्दा उच्च रहेको कम्पनीले जनाएको छ ।


फक्सवागन टाइगुनमा १.० लिटर टर्बोचाज्ड इन्जिन दि इएको छ जुन इन्जिनले ११५ एचपी पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने छ भने अर्को अप्सनको इन्जिन १.५ लिटर रहने छ जसले १५० एचपी पावर प्रदान गर्ने छ । यसमा ६–स्पिड अटोमेटिक र ७–स्पिड डीएसजी अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ । फक्सवागन टाइगुनको लम्बाई ४२२१ एमएम, चौडाई १७६० एमएम, उचाई १६१२ एमएम र २६५१ एमएमको ह्वीलवेस रहेको छ । सो एसयूभीमा १७ इन्चको अलोय ह्वील समावेश गरिएको छ । १८८ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो एसयूभीमा धेरै फिचरहरु समाबेश गरिएको छ ।  डिजेल इन्जिनमा भने सो एसयूभी उपलब्ध हुने छैन ।


उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको एसयूभी टाइगुनमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सफ्ट टच मेटिरियलको ड्यासबोर्ड, सानो सनरुफ जस्ता विशेषता यसमा पाउन सकिन्छ । यसैगरी सो गाडीमा वायरलेस चार्जर, रियर एसी भेन्ट्स, फ्रन्ट तथा रियर स्मार्टफोन चार्जिङ पोर्ट, सेन्ट्रल आर्मरेस्ट, क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, रेड एम्बिएन्ट लाइटिङ, स्मार्ट टच क्लाइमेट्रोनिक अटो एसी आदि फिचर समेत उपलब्ध छन् । सुरक्षाका लागि टाइगुनमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग, आइसोफिक्स एंकर, हिल होल्ड असिस्ट, पार्किङ सेन्सर र टायर प्रेसर  दिइएको छ । 


फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ भने अन्य बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार रुपैयाँ र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने जनाएको छ । फक्सवागन टाइगुनले हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्नेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments