Home / Blogs / सार्वजनिक हुने भयो टाटाको नयाँ इलेक्ट्रीक कार एक्स प्रेस–टी
  • Upcoming Cars
  • 0

सार्वजनिक हुने भयो टाटाको नयाँ इलेक्ट्रीक कार एक्स प्रेस–टी

Nepal Auto Trader

Share this News

image

टाटाले अब केहि दिनभित्रै नयाँ इलेक्ट्रीक सेडान कार ‘एक्सप्रेस-टी’ सार्वजनिक गर्ने भएको छ । सो कार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने कम्पनीलेको भनाइ छ ।सो कार अब भारतमा केही दिन भित्रै विक्री सुरु हुने कम्पनीले जनाएको छ । ‘एक्सप्रेस-टी’लाई टिगोर इभीको फेसलिफ्ट मोडलको रुपमा बजारमा उतारिएको हो । कम्पनीले नयाँ कार ‘एक्सप्रेस-टी’ इभीमा थुप्रै परिमार्जन सहित बजारमा ल्याउन लागेको हो जसमा ठूलो व्याट्री प्याक दिइएको छ ।


टाटाको नयाँ इलेक्ट्रीक कार ‘एक्स प्रेस–टी’ मा २१.५ किलोवाट आवरको व्याट्री दिइएको छ । यसमा कम्पनीले मोटर समेत परिमार्जन गरेको छ जुन नयाँ मोटरले ४१ हर्स पावर र १०५ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसको रेञ्ज एक पटकको फुल चार्जमा १६५ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरेको छ भने यसको उच्चगति क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।यसको व्याट्री फुलचार्ज गर्न भने ८ घन्टा लाग्ने जनाइएको छ भने फास्ट चार्जरबाट सून्यदेखि ८० प्रतिशत चार्ज गर्न १ घन्टा ३० मिनेट लाग्ने छ ।


टाटाको नयाँ इलेक्ट्रीक कार ‘एक्स प्रेस–टी’ मा धेरै अब्बल फिचरहरु उपलब्ध छन ।यसमा एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, एलइडी टेल ल्याम्प, १४ इन्चको अलोय ह्वील, अटो क्लाइमेट कन्ट्रोल, हर्मनको साउन्ड सिस्टम, तीन प्रकारको ड्राइभिङ मोड, पावर विन्डो, पावर विङ मिरर, रमोट लक जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।सो कारको मुल्य भने सार्वजनिक गरिएको छैन । टाटाको नयाँ इलेक्ट्रीक कार ‘एक्स प्रेस–टी’ नेपाली बजारमा पनि अब छिट्टै नै सार्वजनिक हुने छ ।



Our latest comments