Home / Blogs / सुजुकी एभेनिस १२५ नेपाली बजारमा सार्वजनिक हुँदै
  • Upcoming Scooter
  • 0

सुजुकी एभेनिस १२५ नेपाली बजारमा सार्वजनिक हुँदै

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा सुजुकी एभेनिस १२५ स्कुटर सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले अब केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । केही महिनाअघि सुजुकी एभेनिस भारतीय बजारमा सार्वजनिक गरिएको थियो भने नेपाली बजारमा समेत सो स्कुटरको माग बढ्दै गएकाले यसलाई नेपाली बजारमा भित्राउन लागेको कम्पनीले जनएको छ । एभेनिस १२५ धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।


सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको १२५ सीसी इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । सो स्कुटरको अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ । यसको १२ इन्च अलोय रिममा ९०/९०–१२ र ९०/१००-१० ट्युबलेस टायर रहेको छ ।


सुजुकी एभेनिस १२५ को लम्बाई १८९५ एमएम, चौडाई ७१० एमएम, उचाई ११७५ एमएम, १२६५ एमएम ह्वीलवेस र १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १०४ केजी रहेको छ भने सो स्कुटरमा ७८० एमएमको सिट उचा दिइएको छ । सो स्कुटरमा ५।२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ५५ किलोमिटर माइलेज दिनेछ । यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम दिइएको छ ।  


सुजुकी एभेनिसमा ब्लुटूथ केनेक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलईडी हेडल्याम्प तथा एलईडी डीआरएल, फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट जस्ता फिचर उपलब्ध छन । यसमा दिइएको ब्लुटूथ केनेक्टिभिटी मार्फत सुजुकी राइड एप्लिेकेशन कनेक्ट गर्न सकिन्छ जसमा टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, र ओभर स्पिड अलर्ट जस्ता फिचर उपलब्ध रहेका छन ।   यो एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । 


कम्पनीले सुजुकी एभेनिस १२५, एनटर्क १२५ जस्तै स्पोर्टी लुक र सार्प डिजाइनमा निर्माण गरेको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस पनि दिइएको छ । यसमा स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर रहेका छन । यसैगरी यसमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप समाबेश गरिएको छ । यसमा लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर पनि उपलब्ध छन ।


सुजुकी एभेनिस १२५ मेटालिक ट्राइटन ब्लू कलर सहित ५ नयाँ कलर अप्सनमा उपलब्ध हुनेछ । सो स्कुटरको सुरुवाती नेपाली बजार मूल्य २ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । यसले नेपाली बजारमा टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।  सुजुकी एभेनिस १२५ अब केही दिनभित्रै नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।   


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।










 




Our latest comments