Home / Blogs / टीभीएस आरआर ३१० को नयाँ भर्सन सार्वजनिक; नेपालमा पनि आउने
  • Upcoming Bikes
  • 0

टीभीएस आरआर ३१० को नयाँ भर्सन सार्वजनिक; नेपालमा पनि आउने

Nepal Auto Trader

Share this News

image

टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन बजारमा सार्वजनिक भएको छ ।  कम्पनीले हाललाई भारतीय बजारमा यसको २०२१ भर्सन सार्वजनिक गरेको हो । टीभीएस अपाचे आरआर ३१० को अपडेटेड भर्सन अब नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनिले जनाएको छ । सन् २०१७ मा पहिलो पटक सार्वजनिक भएको सो बाइक लगातार रुपमा यसमा विभिन्न अपडेट गरिएको छ । २०२१ अपाचे आरआर ३१० मा डाइनामीक किट, रेश किट र रेड अलोय ह्वील अपडेट भएर आएका छन् । यसमा कुनै मेकानिकल परिर्वतन भने नगरिएको कम्पनीले जनाएको छ । 


टीभीएस आरआर ३१० मा ३१३ सीसीको इन्जिन दिइएको छ, जुन इन्जिनले अधिकतम ३४ बीएच पावरका साथै २७ एनएम टर्क जेनेरेट गर्दछ । सो मोटरबाइकमा ६–स्पिड गियरबकस जडान गरिएको छ, जुन रेस ट्युन्ड स्लिपर क्लचका साथ आउछ । यसमा  डाइनामीक किट, रेश किट र रेड अलोय ह्वील अपडेट भएर आएका छन् । यस्तै सो बाइकमा केवाइवीको ४१ एमएम इन्भर्टेड कार्टिज टेलिस्कोपीक सस्पेन्स दिइएको छ भने रियरमा मोनोशक सस्पेन्सनलाई यथावत राखिएको छ । सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको छ । 


टीभीएस अपाचे आरआर ३१० मा ब्लुटुथ कनेक्टिभिटी र राइड बाई वायर फिचर दिइएको छ । त्यसैगरी यसलाई अर्बन, ट्रयाक, स्पोर्ट र रेन गरी चार राइडिङ मोडमा चलाउन सकिन्छ । यसैगरी यसमा राइड वाइ वायर, नयाँ भाइजर, ५ इन्च टीएफटी स्क्रीन इन्स्टुमेन्ट क्लस्टर, डबल टोन कलर अप्सन जस्ता बिशेषता पाउन सकिन्छ । त्यस्तै यसमा स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक, अल एलईडी हेडलाइट आदि विभिन्न फिचर उपलब्ध छन् । सो मोटरसाइकल ग्राहकले  किन्दा प्रि–सेट किट, ग्राफिक अप्सन, रिम कलर अप्सन र पर्सनलाइज्ड रेस नम्बर छनोट गर्न पाउने कम्पनीको भनाइ छ । 


बीएस ६ भर्सन टीभीएस अपाचे आरआर ३१० को हाल नेपाली बजार मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि टीभीएस मोटरसाइकलको अधिकृत विक्रेता जगदम्वा मोटर्सले बीएस ६ आरआर ३१० को नयाँ भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । नयाँ भर्सनको अपाचे आरआर ३१० नेपाली बजारमा सार्वजनिक भएपछी यसको मूल्य अहिलेको अपाचे आरआर ३१० भन्दा बढी हुने अनुमान गर्न सकिन्छ  । यो मोटरसाइकलले नेपाली बजारमा केटीएम आरसी ३९० मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments