उच्च गुणस्तरीय इन्जिन आयल को महत्त्व
राम्रो र गुणस्तरीय इन्जिन आयल एउटा वाहनको जीवन रेखा हो। चाहे कार होस् वा बाइक इन्जिन आयल अत्यन्तै जरूरी हुन्छ र इन्जिन आयलमा मिश्रित खनिजहरुले मोटर बाट निक्लने सूक्ष्म भग्नावशेष र धुला कणहरु सफा गर्न मद्दत गर्दछ। यसले इन्जिनले फाल्ने आवाज न्यूनतम राख्न पनि मद्दत गर्दछ । उच्च गुणस्तरीय इन्जिन आयलले सवारी साधनमा घस्रण काम गराउने काम गर्छ । यसले इन्जिन सजिलै चल्ने र इन्जिनको आयु बढाउन र सुनिश्चित गर्न सहयोग पुराउंछ । गुणस्तरीय इन्जिन आयलले कार्बन उत्सर्जनलाई घटाउनु को साथै वातावरणलाई हानिकारक धुवाँबाट बचाउँन पनि मद्दत गर्छ । यसले इंजिन स्वस्थ राख्न, इन्जिन प्रदर्शन सुधार्न र इन्धन प्रानालिलाई मजबुत र सुनिश्चित राख्न मद्दत गर्दछ।
यस्तै गुणस्तरीय इन्जिन आयलले कार इन्जिन सुरक्षित राख्न तपशील महत्त्वपूर्ण भूमिका खेल्छ:
·
धुवाँ र संचित सूक्ष्म भग्नावशेष हटाएर इन्जिन सफा गर्न
·
तापमान नियन्त्रण र इन्जिन मजबुत राख्न
·
इन्जिनका धातुमा खिया प्रतिरोध गर्न
·
कम्पोनेन्टहरु अनलक गरेर इन्जिन प्रदर्शन सुधार्न
र इन्धन प्रानालिलाई मजबुत राख्न
· ईन्धन को खपत घटाउँन र उच्च माइलेज हासिल गर्न
इन्जिन आयल ब्रान्ड: शेल उत्पादन: शेल हेलिक्स अल्ट्रा ५५००४११०९ ५w-४० API SN पूर्ण सिंथेटिक आयल | शेल पूर्णतया नवीन सिंथेटिक चिपचिपाहट टेक्नोलोजीमा आधारित छ र यसले कारखानाको स्तरकोनै इन्जिन सफाई गर्न सक्षम छ। यो प्लस टेक्नोलोजी र प्राकृतिक ग्यास बाट बनेको हुन्छ र यसले इन्जिन पिस्टन उधोगको मापदण्ड भन्दा ६५ प्रतिशत बढी क्षमता राख्दछ । चिपचिपाहट र उच्च प्रवाहमा यसले २.२ प्रतिशत ईन्धन बचत गर्ने दाबी गर्दछ र यो विशेषगरि फरारी, मर्सिडीज बेन्ज, पोर्श, बीएमडब्ल्यू र अन्य सवारीमा प्रयोग गरिन्छ । |
इन्जिन आयल ब्रान्ड: सर्वो उत्पादन: फुटुरा डी १५w-४० डीजल इन्जिन आयल | सर्वो फुटुरा डी १५w-४० API C14 डिजेल इन्जिन कारहरुमा लागू हुन्छ। सर्वो फुटुरा डी १५w-४० बजेट इन्जिन तेल को एक राम्रो विकल्प हो र यो सिंथेटिक तेल होइन। फुटुरा डी १५w-४० चिसो या तातो दुवै मौसमी स्थितिमा राम्रो संग काम गर्दछ र यो प्रभावशाली अक्सीकरण स्थिरता संग आउँछ। यो कालो बर्णको इन्चिजिन आयल हो र मारुति बलेनो, टाटा सुमो, टाटा सफारी, महिन्द्रा स्कॉर्पियो, महिन्द्रा बोलेरो र धेरै कारहरुमा यसको प्रयोग गर्न सकिन्छ। |
इन्जिन तेल ब्रान्ड: मोबिल १ उत्पादन: मोबिल १० W-४० पूर्ण सिंथेटिक आयल | मोबिल १ W-४० सिंथेटिक तेल हो र यसमा ०w – ४० चिपचिपाहट सूचकांक भएको कारण यसले धेरै कम तापमानमा पनि कार्य गर्न सफल हुन्छ । यसले इन्जीन स्टार्टको समयमा छिटो इन्जिन सुरक्षा गर्न मद्दत गर्दछ र यसले राम्रो घर्षण प्रितिरोधात्मक प्रदर्शन गर्छ । यो फोहोर कार इन्जिनको लागी पनि एक उत्तम सफाई इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ र यसको चिपचिपाहतले इन्सजिनको सबै सतह कभर गर्छ। |
इन्जिन आयल ब्रान्ड: मोटुल उत्पादन: मोटुल ८१००X- अधिकतम ०w४० API SN पूर्ण सिंथेटिक पेट्रोल र डीजल इन्जिन आयल | मोटुल १००X- अधिकतम ०w४० API SN पूर्ण सिंथेटिक इन्जिन आयल हो । यो दुबै पेट्रोल र डीजल इन्जिनमा प्रयोग गर्न सकिन्छ। यसले उत्कृष्ट थर्मल प्रतिरोधात्मक, स्थिरता र हाइड्रो-डायनामिक घर्षण प्रदान गर्दछ। यो विशेष गरी अडी, बीएमडब्ल्यू, मर्सिडीज बेंज, पोर्श र अन्य कारहरुमा पप्रयोग गर्न सिफारिश गरिन्छ । |
इन्जिन आयल ब्रान्ड: क्यास्ट्रोल उत्पादन: पेट्रोल, डीजल र सीएनजी कारहरु को लागी क्यास्ट्रोल म्याग्नेटिक स्टप-स्टार्ट 5W-30 पूर्ण सिंथेटिक इन्जिन आयल | क्यास्ट्रोल म्याग्नेटिक इन्जिन आयल गणनामा एक सर्वाश्रेस्ठ नाम हो । यो पूर्ण सिंथेटिक इन्जिन आयल हो र यो डुअल-लक टेक वार्म अप र स्टार्ट स्टप इन्जिन सुरक्षाको लागि ५० प्रतिशत सुनिश्चितता प्रदान गर्दछ । यो पेट्रोल, डीजल र सीएनजी जस्ता तिनै प्रकारका इन्जिन संग प्रयोग गर्न सकिन्छ । |
PREVIOUS NEWS