बजाज प्लाटीना ११० एबीएस भर्सनमा सार्वजनिक भएको छ । बजाज अटोले ७२ हजार २२४ भारतीय रुपैयाँ मूल्य तोकेर प्लाटीना एबीएस सार्वजनिक गरेको हो । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज प्लाटीना ११० एबीएस अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । प्लाटीना ११० सेग्मेन्टमै पहिलो एबीएस भएको मोटरसाइकल भएको छ भने साथै यसमा आधुनिक बिशेषता थप गरेर बजारमा सार्वजनिक गरिएको छ ।
बजाज प्लाटीन ११० मा ११५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८.४४ बीएच पावर र ९.८१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ । बजाज प्लाटीन ११० को अगाडी २४० एमएमको डिस्क र पछाडि ११० एमएमको ड्रम ब्रेक रहेको छ भने यसमा सिङ्गल च्यानल एबिएस पाउन सकिन्छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल स्प्रीङ निट्रोक्स सस्पेन्सन पाउन सकिन्छ ।
बजाज प्लाटीना ११० एबीएसको लम्बाई २००६ एमएम, चौडाई ७१३ एमएम, उचाई ११०० एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १२५५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १०.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १२३ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २४० एमएमको डिस्क र पछाडि ११० एमएमको ड्रम ब्रेक रहेको छ । सो बाइकले ७० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
प्लाटीना ११० एबीएसमा हलोजिन हेडल्याम्पका साथमा एलइडी डिआरएल लाइट पाउन सकिन्छ भने यसमा डिजिटल स्पीडोमिटर दिइएको छ । यो सेग्मेन्टमै पहिलो गियर इन्डिकेटर भएको मोटरसाइकल बनेको छ । यसमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । यसमा प्रयोग भएको स्लिक हेडल्याम्प र बजाजको सिग्नेचर हेडलाइटले तथा नयाँ आकर्षक इन्धन ट्याङ्कीले सो बाइकलाई निकै आकर्षक बनाएको छ ।
नेपाली बजारमा प्लाटीना १०० इस भेरियन्टको विक्री हुँदै आएको छ । यसको नेपाली बजार मुल्य १ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । नेपाली बजारमा प्लाटीना ११० एबीएस पनि अब छिट्टै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । प्लाटीना ११० एबीएसले नेपाली बजारमा हिरो स्प्लेन्डर प्लस र होन्डा सीडी ११० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।