Home / Blogs / यामाहाको बहुप्रतीक्षित मोटरसाइकल एफजेडएक्स सार्वजनिक
  • Upcoming Bikes
  • 0

यामाहाको बहुप्रतीक्षित मोटरसाइकल एफजेडएक्स सार्वजनिक

Nepal Auto Trader

Share this News

image

जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाले नयाँ नियो रेट्रो मोटरसाइकल यामाहा एफजेड–एक्स सार्वजनिक गरेको छ । एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एसएक्सआर १२५ मा आधारित एक रेट्रो डिजाइन मोटरसाइकल हो जुन मोर्डन टेक्नोलोजिमा आधारित रहेर निर्माण गरिएको छ । आगामि महिना यसको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ । सो मोटरबाइक नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनीलको भनाइ छ ।


यामाहा एफजेड–एक्समा १४९ सीसी क्षमताको एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्दछ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ भने  ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । सो बाइकमा सिल्भर हेडल्याम्प ब्राकेट र सिल्भर प्यानलको प्रयोग गरिएकाले यसको समग्र लुकसलाई अझै राम्रो बनाएको छ ।


यामाहा एफजेड–एक्समा ब्लुटुथ कनेक्टिभिटी, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलईडी डीआरएलका साथ बाई–फङ्सनल एलईडी हेडलाइट, स्लिक एलईडी टेललाइट, ब्ल्याक आउट मेकानिकल बिट्स, ब्ल्याक अलोय ह्विल र अपस्वेप्ट एक्जस्ट जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै सो बाइकको राउन्ड हेडल्याम्प, टियर ड्रप आकारको फ्युल ट्यांक, टक एन्ड रोल सिट, इन्टिग्रेटेड ग्र्याबरेल र फ्रन्ट फोर्क्सका लागि हाइलाइट गरिएको छ । यसमा रहेको एलसीडी क्लस्टरमा स्पिड, टेकोमिटर, ट्रिपमिटर, ओडोमिटर, फ्युल गेज, एबीएस इन्डिकेटर जस्ता महत्वपूर्ण जानकारी देख्न सकिन्छ ।


यामाहा एफजेड–एक्सको इन्ट्री लेवल भेरिएन्टको नेपाली बजार मुल्य पनि सार्वजनिक हुन बाँकी नै छ । यसको ब्लुटुथ भर्सनको मूल्य पनि सार्वजनिक भएको छैन । यामाहा एफजेड–एक्स विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ । आगामि महिना यसको डेलिभरी भारतबाट सुरु हुने कम्पनीले जनाएको छ । यामाहा एफजेड–एक्स नेपाली बजारमा पनि केही समय पछि आउन सक्ने अनुमान गर्न सकिनछ ।




Our latest comments