मारुती सुजुकीले अल्टो के १० को नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको धेरै समय भएको छैन । हाल भारतमा उपलब्ध अल्टो के १० नेपाली बजारमा पनि अब छिट्टै आउने नेपालको लागि मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले जनाएको छ । नयाँ अल्टो के १० नयाँ डिजाइन, आधुनिक सुविधाहरू र राम्रो सुरक्षा उपकरणसहित सार्वजनिक गरिएको छ । कम्पनीले यसलाई फेसलिफ्ट नभनेर नयाँ संस्करण नै भन्ने जनाएको छ । यसको आधिकारीक विक्री भने सन् २०२३ को अन्त्यबाट सुरुवात गरिने अनुमान गरिएको छ ।
नयाँ अल्टो के १० मारुती सुजुकीको हार्टेक्ट प्लेटफर्ममा आधारित छ जसको प्रयोग वागन आर र एस–प्रेसोमा पनि गरिएको छ । नयाँ अल्टो के १० मा १.० लिटरको के १० सी इन्जिन दिइएको छ जुन इन्जिनले ६६ बीएचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्ट्यान्डर्ड ५–स्पिड म्यानुअलका साथ एजीएस गियरबक्स अप्सन उपलब्ध रहेको छ । कम्पनीले यसमा आइडल स्टार्ट स्टप फङसन उपलब्ध गराएको छ जसले माइलेज बढाउनमा मद्दत गर्नेछ । कम्पनीले उत्पादन गर्दै आएको अल्टो ८०० मा बीएस ६ मापदण्डको इन्जिन प्रयोग हुने छ ।
नयाँ मारुती सुजुकी अल्टो के १० को लम्बाई ३५३० एमएम, चौडाई १४९० एमएम, उचाई १५२० एमएम, २३८० एमएम ह्वीलवेस र १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २१४ लिटर क्षमताको बुट स्पेश र ३५ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको अटोमेटिक भेरिएन्टले २४.९ र म्यानुअल भेरिएन्टले २४.३९ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । यसको वजन भने ७४० केजी रहेको छ । यसले १३.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।
नयाँ अल्टो अल्टो के १० मा रिमोट–की, स्मार्टप्ले ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कारप्ले सपोर्ट र स्टेयरिङ–माउन्टेड अडियो कन्ट्रोल, यूएसबी पोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र म्यानुअल एसी जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाका लागि सो कारमा अगाडि दुईवटा एयरब्याग, रियर पार्किङ सेन्सर, एबीएस, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, प्रि–टेन्सन र फोर्स लिमिटर, फ्रन्ट सिट बेल्ट जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।
नयाँ मारुती सुजुकी अल्टो के १० स्ट्यान्डर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस गरी चार भेरिएन्टमा सार्वजनिक भएको छ । सो कार विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ । नेपाली बजारमा पनि यो कार केही समय पछि आउने अनुमान गरिएको छ भने यसको नेपाली मुल्यको जानकारी पनि छिट्टै सार्वजनिक हुनेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok, Threads पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।