Home / Blogs / हुन्डाईको सबैभन्दा सानो कार क्यास्पर सार्वजनिक; नेपाल पनि आउने
  • Upcoming Cars
  • 0

हुन्डाईको सबैभन्दा सानो कार क्यास्पर सार्वजनिक; नेपाल पनि आउने

Nepal Auto Trader

Share this News

image

कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्पर सार्वजनिक गरेको छ । हुन्डाई क्यास्परको लुक्स र फिचर्स सार्वजनिक गरिएको छ जुन एसयूभीको डिजाइन हुन्डाई भेन्युबाट प्रेरित रहेको छ । क्यास्पर हुन्डाईको ग्लोबल पोर्टफोलियोमै सबैभन्दा सानो कार हुनेछ । कम्पनीका अनुसार सो कार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिनेछ । बेबी भेन्यु नामाकरण गरिएको सो एसयूभी सन् २०२२ को प्रारम्भ तिर नेपाली बजारमा आउन सक्ने बताइएको छ ।  


हुन्डाई क्यास्परमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड र टर्बो पेट्रोल इन्जिन हुनेछ जुन इन्जिनले ७६ एचपी र १०० एचपी पावर दिनेछ । कम्पनीका अनुसार सो एसयूभी १.२ लिटर इन्जिनका साथ पनि उपलब्ध हुन सक्ने छ जसको पावर ८२ बीएचपी हुनेछ । क्यास्पर ५ स्पिड म्यानुअल र अटोमेटिक गरी दुवै अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । क्यास्परको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहेको छ । यो गाडी भेन्यूभन्दा ४०० एमएम छोटो रहेको छ ।


हुन्डाई क्यास्परमा ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्यूल टोन इन्टेरियर, मल्टिफंक्सनल स्टेयरिङ ह्विल, कनेक्टेड कार फिचर, ड्यूल एयरब्याग जस्ता फिचर दिइएको छ । यसका साथै यसमा राउन्ड हेडल्याम्प, सिंगल स्लेट ग्रिल, एलइडी डेटाइम रनिङ लाइट, स्कीड प्लेट, अलोय ह्वील, सनरुफ जस्ता फिचर समावेस गरिएको छ । साथै यसमा डुअल टोन रुफ टेल र मल्टि स्पोक अलोय ह्विल समेत उपलब्ध गराइएको छ भने यसको पछाडि भागको तल्लो बम्परमा इन्टिग्रेटेड टेललाइट जडान गरिएको छ ।


पहिलो पटक कोरियामा सार्वजनिक गरिने हुन्डाई क्यास्पर सन् २०२२ को प्रारम्भ तिर भारतमा सार्वजनिक हुने छ भने नेपाली बजारमा पनि यसपछि आउन सक्ने अनुमान गर्न सकिन्छ । यसको सिधा प्रतिस्पर्धा टाटा पन्च र मारुती सुजुकी इग्निससंँग हुने छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका गाडीहरु नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments