चर्चित मोटरसाइकल कम्पनी हस्कभर्नाले इन्ट्री लेवल स्क्र्याम्लर मोटरसाइकल स्भर्टपिलियन १२५ अब छिट्टै बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी फेब्रुअरीमा नयाँ इन्ट्री लेवल मोटरसाइकल ल्याउने जानकारी दिएको छ । अनुमानित रिपोर्ट अनुसार सो बाइक २०२१ को मध्य तिर नेपाली बजारमा सार्वजनिक गर्ने सम्भावना पनि रहेको छ । हाल नेपाली बजारमा हस्कभर्नाका २५० सीसी क्षमताका स्भर्टपिलियन र भिटपिलियन विक्री हुँदै आएको छ ।
स्विडेनको मोटरसाइकल निर्माता कम्पनी हस्कभर्नाले यसमा १२४.७ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ जुन इन्जिनले अधिकतम ९००० आरपीएममा १५ हर्स पावर र ७५०० आरपीएममा १२ एनएम टर्क प्रदान गर्छ । सो मोटरबाइकमा ६ स्पीड गियरबक्स पनि दिइएको छ । नयाँ मोटरसाइकलमा राउन्ड एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, राउन्ड सेपमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल पनि दिइएको छ । सो बाइक क्रुजर डिजाइनको साथमा उपलब्ध हुनेछ ।
हस्कभर्ना स्भर्टपिलियन १२५ मा अगाडि ४३ एमएमको डब्ल्यूपी एपेक्स यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसमा अगाडि ३२० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक पनि रहेको छ । बाइकमा ड्यूल च्यानल एबीएस दिइएको कम्पनीले जनाएको छ । सो बाइकमा हस्कभर्नाका २५० को इन्जिन समावेश गरिने छ । यसको मूल्य अलि बढी हुनेछ भने सो बाइक थोरै हल्का हुनुका साथै नयाँ इक्विपमेन्ट्स साथ बजारमा सार्वजनिक हुनेछ ।