होन्डाले बजारमा होन्डा सीबी ३५० आरएस स्क्र्याम्बलर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा सीबी ३५० आरएस नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले केही दिन अघी मात्र ३५० सीसी सेग्मेन्टमा नै हाइनेस ३५० सार्वजनिक गरेको थियो । कम्पनीले हाइनेस ३५० को स्पोर्टी भर्सनको रुपमा सीबी ३५० आरएस बजारमा उतारेको हो । यसको मूल्य कम्पनीले १ लाख ९६ हजार भारतीय रुपैयाँ तोकेको छ ।
होन्डा सीबी ३५० आरएसमा ३४८.३६ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ जसले ५ हजार ५०० आरपीएममा २०.७ बीएच पावर तथा ३ हजार आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्दछ । त्यस्तै सो मोटरबाइकमा ५ स्पिडको गियरबक्स तथा इन्जिनमा स्लिपर क्लच दिइएको छ । यसको मुख्य आकर्षण भने टक र रोल सिट, ड्युअल टोन फ्युल टयांक, एलईडी टेलल्याम्प, फ्रन्ट फोर्क र अन्डरसिट बुट रहेका छन् । यस कारण सो बाइक क्रुजर डिजाइनको साथमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
होन्डा सीबी ३५० आरएस बाइकमा एलईडी हेडल्याम्प, टेलल्याम्प र इन्डिकेटर, अलोय ह्विल, १५ लिटरको इन्धन ट्यांकी र ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् । यसका साथै सो मोटरसाइकलमा स्पोर्टी ग्रयाबरेल, स्किड प्लेट, वाइड प्याटर्न टायर तथा दुवैतिर सार्प एलईडी टर्न इन्डिकेटर पनि उपलब्ध छन् । साथै यसमा ब्याट्री भोल्टमिटर रिडिङ, गियर पोजिसन इन्डिकेटर, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी) र हिट सिल्डका साथ ब्ल्याक फिनिसिङ एक्जस्ट सिस्टम दिइएको छ ।
नेपाली बजारमा पनि सो बाइक छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बताएको छ । होन्डाले धेरै दिन देखि यो बाइकको टिजर सार्वजनिक गरिरहेको थियो, यससँगै कम्पनीले ३५० सीसी सेग्मेन्टमा बलियो उपस्थिति देखाएको छ । सो बाइक विशेष गरी युवाहरु, अफरोड राइड गर्न र घुम्न बढी रुचाउनेको लागि निर्मित गरिएको कम्पनिले जानाएको छ ।
PREVIOUS NEWS