होन्डाले अगस्ट २७ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । केही दिनअघि कम्पनीले नयाँ मोटरसाइल ल्याउन लागेको रिपोर्टहरु बाहिरिएका थिए । कम्पनीले सो बाइकको टिजर पनि सार्वजनिक गरेको छ । कम्पनीले आधिकारीकरुपमा नै नयाँ मोटरसाइकल बजारमा ल्याउन लागेको टिजर मार्फत जानकारी दिएको छ । अब ५ दिनपछि यसलाई कम्पनीले बजारमा उतार्ने छ ।
टिजरमा सो बाइक गोल्डेन रङको हर्नेट २०० आर जस्तो देखिएको छ जुन फ्रन्टमा फोर्कको साथमा उपलब्ध हुनेछ । सो बाइक चाइनिज स्पेकको सीबीएफ १९०आर जस्तो पनि देखिन सक्छ । बीएस ६ भर्सनमा अपग्रेड नगरेको होन्डा हर्नेटलाई नयाँ इन्जिन र फिचरसहित होन्डाले बजारमा उतार्न लागेको अनुमान गरिएको छ । यद्यपी होन्डाले नयाँ मोटरसाइकलको थप जानकारी दिएको छैन ।
सो बाइकको हेडल्याम्प हाल उपलब्ध हर्नेट १६० आरसँग मिल्दोजुल्दो रहेको छ । यो फिचरसँगै होन्डाको नयाँ मोटरसाइकल प्रिमियम फिचरको साथ बजारमा आउने छ । जसमा ट्वीन एलईडी समावेश गरिएको छ । स्पोर्टी लुक दिनको लागि यसमा ठूलो ट्यांकी समावेश गरेको छ । फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोलका साथ आउने यो मोटरसाइकलमा सबै किसिमका लाइट एलइडी रहने छन् । यसको रङ खैरोसँग ड्युअल टोन निलो मिश्रित रहेको छ ।
सो बाइकमा पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । यसले ९००० आरपीएमको पावर जेनेरेट गर्छ । सो बाइकमा गियर इन्डिकेटर, एबीएस लाइटको साथै अन्य फिचर पनि समावेश गरेको छ । सो बाइकमा १६० सीसीको इन्जिन समावेश गरिएको छ । यो मोटरसाइकल बजारमा आएसँगै सिबी हर्नेट १६० आरको उत्पादन भने पूर्णरुपमा बन्द हुने छ । नेपालमा होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले भारतमा सार्वजनिक भएको केही दिनपछि नयाँ मोटरसाइकल नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।