Home / Blogs / प्योर ईभी इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो प्रि–बुकिङ
  • Latest Bikes
  • 0

प्योर ईभी इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो प्रि–बुकिङ

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा प्योर ईभीको इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० सार्वजनिक हुने भएको छ । नेपालका लागि प्योर ईभी इलेक्ट्रिक बाइकको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रिस्ट ३५० को बुकिङ समेत खुला गरेको जनाएको छ । बुकिङ गरेका ग्राहकलाई आगामी दुई साताभित्र सो बाइक डेलिभरी गरिने ह्वाइट लोटस मोटर्सले जनाएको छ । ईट्रिस्ट ३५० को डिजाइन भविष्यमा आधारित इलेक्ट्रिक मोटरसाइकलको थिममा गरिएको छ । ईट्रिस्ट ३५० स्टाइल, आधुनिक टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ ।


ईट्रिस्ट ३५० मा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव दिइएको छ जसले अधिकतम पावर ४.० किलोवाट र ६० एनएम टर्क जेनेरेट गर्छ । सो इलेक्ट्रिक बाइकलाई ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ भने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । यो वाइकको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक दिइएको छ भने यसको अगाडी र पछाडी दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन रहेको छ । 


 प्योर ईभी ईट्रिस्ट को लम्बाई २०४० एमएम, चौडाई ८०५ एमएम, सीट उचाई ७७० एमएम, ग्राउण्ड क्लियरेन्स १८१ एमएम र १३७५ एमएमको ह्वीलवेस रहेको छ । १२० किलो वजन भएको यो बाइकले १६० किलोसम्मको तौल बोक्न सक्ने दाबी गरिएको छ । कम्पनीले सो बाइकको टप स्पिड ८५ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । सो इलेक्ट्रिक बाइकलाई रिमोटवाटै स्टार्ट गर्न सकिने छ ।


प्योर इभीले यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प, एलइडी डिआरएलएस र इन्धन ट्याँक रहने स्थानमा चार्जिङ सकेट जस्ता थुप्रै आधुनिक बिशेषता दिएको छ । नेपालभरका प्योर ईभीका सोरुममार्फत यसको बुकिङ गर्न सकिने छ भने नक्सालस्थित सोरुममार्फत यसको टेस्ट राइड समेत गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । प्योर ईभी ईट्रिस्ट ३५० को नेपाली बजार मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको ब्याट्रीमा कम्पनीले ५ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments