टाटा मोटर्सले नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी सार्वजनिक गरेको छ । लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कारमा पहिलेभन्दा ठूलो ब्याट्री, धेरै पावर र रेन्ज भएको कारण यसको नाम नेक्सन म्याक्स राखिएको हो । कम्पनीले यसमा ब्याट्री साइज र पावर पनि बढाएको जनाएको छ । नेक्सन ईभी म्याक्स एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । सो नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।
नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री र १०५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसमा रहेको व्याट्रीले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । दुई भेरियन्टमा सार्वजनिक भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन रहेको छ । यसको स्ट्याण्डर्ड भेरिएन्टमा ३.३ र लक्जरी भेरिएन्टमा ७.२ किलोवाट क्षमताको चार्जर दिइएको छ । यसमा रहेको ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले ६ घण्टामै फुल हुनेछ ।
नेक्सन म्याक्समा पार्कमोड सहितको इलुमीटेड गियर नव, आई–भीबीएसी सहितको ईएसपी, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, मल्टी मोड रिजन, मल्टी ड्राइभ मोड, वायरलेस स्मार्टफोन चार्जर, ज्वेल्ड कन्ट्रोल नब र क्रुज कन्ट्रोल लगायतका विशेषता पाउन सकिन्छ । त्यसैगरी एक्सजेड प्लस इलेक्ट्रिक सनरुफ, भेन्टिलेसन सहितको लेदर फ्रन्ट सिट, अल न्यु मकारना ब्याज इन्टेरियर, अटो डिमिङ आईआरभीएम र एयर प्युरिफायर जस्ता थप विशेषता पाउन सकिन्छ ।
टाटा नेक्सन ईभी म्याक्समा नयाँ डिउल टोन कलर दिइएको छ । नेक्सन इभी म्याक्समा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको व्याट्री र मोटरमा वारेन्टी रहेको छ । यसको नेपाली बजार मुल्यको जानकारी पनि छिट्टै सार्वजनिक हुनेछ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्स केही महिना भित्रै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको अधिकारिक जानकारी भने आएको छैन ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।