महिन्द्राको सब फोर मिटर सेग्मेन्टको एक्सयूभी ३०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमा विक्री सुरु गर्न लागेको जनाएको छ । चैत अन्तिमसम्ममा यसको विक्री सुरु हुने कम्पनीले जनाएको छ । नयाँ एक्स्यूभी ३०० मा धेरै उत्कृष्ट फिचर पाउन सकिन्छ भने यसलाई पुरानै मूल्यमा विक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ । सो एक्सयूभी सन् २०२० देखी नै नेपाली बजारमा बिक्री तथा बितरण हुँदै आएको छ ।
महिन्द्रा एक्स्यूभी ३०० को फेसलिफ्ट भर्सनमा ११९७ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १३० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । सो एक्स्यूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको कम्पनिले जनाएको छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ३०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । यसको स्पीड पनि निकै उत्कृष्ट रहेको छ । यसले ५ सेकेन्डमा ० देखि ६० किमि प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसको चार वटै पाङ्ग्रामा डिस्क ब्रेक पाउन सकिन्छ ।
महिन्द्रा ‘एक्सयूभी-३००’ को लम्बाई ३९९५ एमएम, चौडाई १८२१ एमएम, उचाई १६२७ एमएम, २६०० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २५७ लिटर क्षमताको बुट स्पेश र ४२ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १८-२० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १३६८ केजी रहेको छ । सो कार ५ सिट क्षमतामा उपलब्ध रहेको छ । यसमा १६ इन्चको अलोय ह्वील रहेको छ ।
महिन्द्रा ‘एक्सयूभी-३००’ मा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेशन प्रणाली, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसैगरी यसमा एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, ड्यूल-जोन अटोमेटिक कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री जस्ता अन्य बिशेषता पाउन सकिन्छ ।
यसैगरी ‘एक्सयूभी-३००’ मा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । सुरक्षाका लागि यसमा ७ वटा एयरब्याग, एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, अटोनोमस पार्किङ असिस्ट, फ्रन्ट पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, एन्टी–थेफ्ट अलार्म, स्पीड अलर्ट र ३६० डिग्री भ्यू क्यामेरा जस्ता फिचर पाउन सकिन्छ । यसले ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको थियो । सो एसयूभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
नेपाली बजारमा महिन्द्रा एक्सयूभी ३०० को सुरुवाती मूल्य ४० लाख रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । एक्सयूभी ३०० सिंगल टोन र ड्यूल टोन कलर अप्सनमा उपलब्ध हुने छ । यसको क्याविन रातो र कालो कलरको मिश्रणबाट तयार गरिएको छ । यसले नेपाली बजारमा रेनो काइगर, किया सोनेट, हुन्डाई भेन्यु, सुजुकी ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र निसान म्याग्नाइट जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।