Home / Blogs / बीएमडब्ल्यु जी ३१० आर र ३१० जीएस बीएस ६ नेपालमा सार्वजनिक हुँदै; यस्तो हुनेछ मुल्य
  • Upcoming Bikes
  • 0

बीएमडब्ल्यु जी ३१० आर र ३१० जीएस बीएस ६ नेपालमा सार्वजनिक हुँदै; यस्तो हुनेछ मुल्य

Nepal Auto Trader

Share this News

image

बीएमडब्ल्युले नेपाली बजारमा दुई मोटरसाइकल बीएस ६ जी ३१० जीआरजी ३१० जीएस सार्वजनिक गर्ने भएको छ  । कम्पनीले सो मोटरसाइकलको बुकिङ खुला भएको जनाएको छ भने मसिंर दोस्रो हप्तादेखि नेपाली बजारमा विक्री सुरु गर्ने पनि जानकारी दिएको छ । नेपालकालागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारि विक्रेता हिमालयन मोटोराडले जि ३१० आर र जी ३१० जीएसको बिक्री तथा बितरण गर्दै आएको छ । केही दिनमै यी मोटरसाइकल बिक्रीका लागि पनि उपलब्ध हुने कम्पनीको भनाइ छ ।


बीएमडब्लु जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो । जी-३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड-कूल, फ्यूल इन्जेक्सन इन्जिन दिइएको छ जुन इन्जिनले ३३.५ बीएचपी पावर र २८ एनएम-टर्क जेनेरेट गर्दछ । कुल १६९ केजी तौल भएको यो बाइकलाई उत्कृष्ट ब्रेकिङ सिस्टम दिइएको छ । सो बाइकको फ्रन्ट र रियरमा १७ इन्च एलोई ह्विल दिइएको छ भने डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको डिस्क ब्रेक दिइएको छ ।  


बीएमडब्ल्यु जी-३१० ट्वीन बाइक उत्कृष्ट डिजाइन, उच्च पर्फमेन्स र आकर्षक डिजाइनले सुसज्जित छ । । सो बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोल टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटरका साथ अन्य थुप्रै फिचरहरु समाबेश गरिएको छ । सो बाइकको लम्बाई २००५ एमएम, चौडाई ८४९ एमएम, उचाई १०८० एमएम र १३८० एमएमको ह्वीलवेस रहेको छ । १६५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो बाइकमा एलइडी हेड ल्याम्प, टेल ल्याम्प, एड्भान्स स्पिडोमिटर लगायतका फिचर्स छन् । 


हाल नेपाली बजारमा उपलब्ध बीएसडब्ल्यु जी ३१० आरको मूल्य ९ लाख ७५ हजार रुपैयाँ र जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ रहेको छ भने सार्वजनिक हुन लागेको बीएस ६ भर्सन जी ३१० जीएसको मूल्य १४ लाख ५० हजार र जी ३१० आरको मूल्य १३ लाख ५० हजार तय गरिनेछ । बुकिङ गर्न चाहाने ग्राहकले ५० हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले प्रि–बुकिङ अफरको रुपमा २० हजार रुपैयाँ छुट र आकर्षक हेल्मेट समेत उपलब्ध गराउने जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments