बजाज मोटरसाइकलले पल्सर एनएसको सफलतासँगै २५० सीसी क्षमताको एनएस २५० बजारमा ल्याउने तयारी गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले एनएस २५० लाई केटीएम ड्यूक २५० मा आधारित रहेर तयार गरिरहेको अनुमान गरिएको छ । युवा पूस्तामाझ लोकप्रिय ब्राण्ड बजाज पल्सर २०० एनएस एविएस( एन्टी–लकिङ ब्रेकिङ) सिस्टम सहित आएको धेरै भएको छैन । लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्बाधिक बिक्री हुने बाइक हो ।
केटीएममा बजाजको ठूलो हिस्सा सेयर समेत रहेको र केही समयअघि हस्कभर्ना २५० समेत बजारमा ल्याइसकेको अवस्थामा कम्पनीले बजाज पल्सर एनएस सिरिजमा २५० सीसी क्षमताको मोटरसाइकल ल्याउन लागेको दाबी रिपोर्टले गरेको छ । ६ स्पिडको गियरबक्स रहने सो बाइकमा मल्टी डिस्क हाइड्रोलिक कल्च रहने छ । ब्रेकिङमा एबीएससहित फ्रन्टमा ३०० र रियरमा २३० एमएमको क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहने छ ।
यसमा २४८.८ सीसी क्षमताको एक सिलिण्डर फियुल इन्जेक्सन–लिक्विड कुल्ड इन्जिन दिइने छ । कम्पनीले यसलाई २०२२ को पहिलो क्वाटरमा बजारमा ल्याउने अनुमान गरिएको छ । यसअघि कम्पनीले ल्याएको पल्सर एनएस २०० पनि केटीएम ड्यूक २०० बाट प्रभावित भएर ल्याएको थियो । नेपाली बजारमा अहिले पल्सर एनएस २०० को विभिन्न ४ भेरियन्ट बिक्री वितरण हुँदै आएको छ । साथै, बजाजको ठूलो मध्येको एउटा निर्यात हुने बजार नेपाल समेत हो ।
कम्पनीका अनुसार एन्टी–लकिङ ब्रेकिङ सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ । एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ। सो मोडलमा भने डबल च्यानल एबीएस रहने छ ।
PREVIOUS NEWS
NEXT NEWS