Home / Blogs / जीपको ७ सिटर एसयुभी मेरिडियन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
  • Upcoming Cars
  • 0

जीपको ७ सिटर एसयुभी मेरिडियन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

अमेरिकन अटो निर्माता कम्पनी जीपले नयाँ ७ सिट क्षमताको मेरिडियन एसयुभी सार्वजनिक गरेको छ । कम्पास एसयुभीमा आधारित यो ७ सिटर एसयुभी मेरिडियन चाँडै नेपाली बजारमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । जीपको मेरिडियन साउथ अमेरिकी बजारमा सार्बधिक विक्री हुँदै आएको जीप कमाण्डर नै हो । जीप अटोले मेरिडियन एसयुभीका साथै कम्पास ट्रायलहक, ग्राण्ड चेरोकी जस्ता मोडलहरु सन् २०२३ भित्र मै नेपाली बजारमा ल्याउने तयार गरेको पनि जनाएको छ ।


जीप मेरिडियनमा २.० लिटर फोर सिलिन्डर मल्टिजेट टर्बो डिजेल इन्जिनको साथमा ४८ भोल्डको माइल्ड हाइब्रिड टेक्नलाजी दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पीकटर्क प्रदान गर्छ । यसमा फ्रन्ट ह्विल ड्राइभ सहित ६ स्पिड म्यानुअल र ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । सो एसयुभीलाई स्यान्ड/मड, स्नो र अटो गरी तीन ड्राइभ मोडमा चलाउन सकिन्छ । साथै यसको टप स्पीड क्षमता १९८ किलोमिटर रहेको छ भने यसले सून्यदेखि १०० किलोमिटरको स्पीड १०.८ सेकेन्डमा आवरण गर्ने छ । 


जीप मेरिडियनको लम्बाई ४७६९ एमएम, चौडाई १८५९ एमएम, उचाई १६८२ एमएम, २७९४ एमएम ह्वीलवेस र २१४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४३८ लिटर क्षमताको बुट स्पेश र ६३ लिटरको इन्धन ट्याङ्की रहेको छ । जीप कम्पासको प्लेटफर्ममा बनेको मेरिडियनमा ३ रो सिट दिइएको छ जसको कारणले गर्दा यसको लम्बाई र ह्वीलवेस समेत बढाइएको छ । मेरिडयनमा १८ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ ।


मेरिडियनमा सार्प लुकिङ एलइडी लाइट, सिंग्नेचर भर्टिकल क्रोम स्लाट, नयाँ एलइडी डेटाइम रनिङ लाइट, वाइड सेन्ट्रल एयर इनलेट, ट्रापेजोडियल ह्वील आर्क, एलइडी टेललाइट, १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्यानारोमीक सनरुफ, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस मोवाइल चार्जर, माउण्टेड कन्ट्रोल स्टेरिङ ह्वील, लेदर सिट जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध रहेको छ ।


जीप मेरिडियन एसयूभीमा ६० भन्दा बढी सुरक्षा फिचर पाउन सकिन्छ । सुरक्षाका लागि जीप मेरिडियनका सबै भेरियन्टमा ६ वटा एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, ईबीडी सहितको एबीएस, अव्स्टेकल डिटेक्सन, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसैगरी यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, वायरलेस चर्जिङ, पावर्ड लिफ्टगेट, यूकनेक्ट तथा अल्पाइनको ९ वटा स्पिकर र ८ तरिकाबाट एडजस्ट गर्न मिल्ने सिट जस्ता अन्य आधुनिक फिचर पनि पाउन सकिन्छ ।


जीप अटोले मेरिडियन एसयुभी सन् २०२३ भित्र नै नेपाली बजारमा सार्वजनिक गर्ने लक्ष्य लिएको छ । औपचारिक सार्वजनिक पश्चात सो एसयुभीले नेपाली बजारमा स्कोडा कोडियाक, एमजी ग्लोस्टर र टोयोटा फर्चूनरसंग प्रतिस्पर्धा गर्ने छ । यसको नेपाली बजार मुल्य पनि छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments