Home / Blogs / फोर्ड फिगो अटोमेटिक सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

फोर्ड फिगो अटोमेटिक सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

फोर्डले आफ्नो निकै चर्चित कार फिगोको अटोमेटिक ह्याचब्याक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा भने फोर्ड फिगो अटोमेटिक ह्याचब्याक सार्वजनिक भईसकेको छ । यो पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ । फिगो नेपालमा सन २०१० मा भित्रिएको थियो । हाल यसको भारु मूल्य ७ लाख ७५ हजार देखि ८ लाख २० हजार तोकिएको छ । फिगोको फ्रन्ट र रियर बम्परमा निकै ठूलो परिर्वतन गरेर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।



नयाँ अटोमेटिक फोर्ड फिगो हाल उपलब्ध १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनयुक्त ह्याचब्याकसँग पेयर गरिएको छ जुन इन्जिनले ९६ एचपी पावर ११९ एनएम टर्क जेनेरेट गर्छ ।  उक्त इन्जिनमा ६ स्पीड टर्क कन्र्भटर अटोमेटिक ट्रान्समिसन लगाइएको छ । हाल उपलब्ध फिगोमा १.२ लिटर इन्जिन लगाइएको छ जसले ९६ बिएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पिड गियरबक्स लगाइएको छ । त्यस्तै नयाँ फोर्ड फिगोमा बेटर पर्फमेन्सका लागि गियर सिफ्ट अप्टिमाइज गर्न स्पोर्ट मोड प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।



फिगो अटोमेटिकमा दिइएको ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड  अटो र एप्पल कार प्लेको विशेषताले कारलाई निकै आर्कषक बनाएको छ । सो कारमा फोर्डपास कनेक्टेड एप, अटोमेटिक एयर कन्डिसनिङ, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, हाइट एड्जस्टेबल ड्राइभर सिट, पुस बटन स्टार्ट, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प र रिमोट किलेस इन्ट्री आदि फिचर उपलब्ध छन् ।  त्यसैगरी यसमा एबीएस, रियर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम, एडजस्टेवल रियर हेडरेस्ट, क्लास लिडिङ ६ एयरव्यागको विशेषता दिइएको छ ।



हाल नेपाली बजारमा फोर्ड फिगो म्यानुअल बिक्री भइरहेको छ । कम्पनीले यसको सुरुवाती मूल्य ३० लाख ९९ हजार रुपैयाँ तोकेको छ । नेपाली बजारमा सार्वजनिक भएपछी फोर्ड फिगो अटोमेटिकको मूल्य २ देखि ३ लाख रुपैयाँ सम्म महंगो हुने कम्पनीको भनाइ छ । नयाँ फिगोले नेपाली बजारमा सुजुकी स्विफ्ट, बलेनो र हुन्डाई ग्रान्ड आई१० नियोस गाडीसँग सिधा प्रतिस्पर्धा गर्नेछ । फिगोले प्रतिलिटर २०.४ किलोमिटर माइलेज प्रदान गर्ने एआरआईले सटिफाई गरेको छ ।



नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments