टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले, नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । सो इलेक्ट्रिक स्कुटर टीभीएसको नक्साल, टेकु, सानो भर्याङ र कान्तिपथमा रहेको आधिकारिक शोरुमबाट मात्रै बुकिङ गर्न सकिने जगदम्बा मोटर्सले जनाएको छ । कम्पनीका अनुसार टीभीएसको शोरुम मार्फत आइक्यूबको टेष्ट राइड समेत गर्न पाइने छ । स्वच्छ र सुरक्षित सवारी प्रवद्र्धनका लागि यो स्कुटर नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ ।
टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री र ४.४ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ जसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने छ भने फास्ट चार्जर मार्फत यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ ।
टीभीएस आईक्युबको लम्बाई १८०५ एमएम, चौडाई ६४५ एमएम, उचाई ११४० एमएम, ग्राउण्ड क्लियरेन्स १५७ एमएम र १३०१ एमएमको ह्वीलवेस रहेको छ । यसको वजन ११८ केजी रहेको छ । सो स्कुटरको टप स्पिड ८२ किलोमिटर प्रतिघण्टा छ भने यसले ४.२ सेकेन्डमै ० देखि ४० किलोमिटर सम्मको गति लिन सक्छ । सो स्कुटरको सिट हाइट भने ७७० एमएम रहेको छ । यसको १२ इन्च अलोय रिममा ९०९०-१२ ट्युबलेस टायर पाउन सकिन्छ । यसमा २२० एमएम फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम दिइएको छ ।
टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबमा फुल एलइडी हेडलाइट तथा टेल लाइट, ५ इन्चको टीएफटी डिस्प्लेका साथ स्मार्ट कनेक्ट फिचर, टीभीएस आईक्युब एप, र रिजनरेटिभ ब्रेकिङ प्रणाली जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सो स्कुटरको टीएफटी डिस्प्लेमा नेभिगेसन असिस्ट, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट, एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड जस्ता फिचर पाउन सकिन्छ ।
टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ को नेपाली बजार मुल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । सो इलेक्ट्रिक स्कुटर टीभीएसको नक्साल, टेकु, सानो भर्याङ र कान्तिपथमा रहेक शोरुमहरुबाट मात्रै बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । जगदम्वा मोटर्सले हाल एक भेरियन्टमा मात्रै आइक्यूव नेपाली बजारमा सार्वजनिक गरिने जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।