Home / Blogs / टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Scooter
  • 0

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले, नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको उपत्यकामा स्थित नक्शाल, कान्तिपथ, टेकु र सानोभर्याङ्ग शोरुमबाट मात्रै खरिद गर्न सकिने जनाएको छ । सो इलेक्ट्रिक स्कुटर छिट्टै नै नेपालभर उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार टीभीएसको शोरुम मार्फत आइक्यूबको टेष्ट राइड समेत गर्न पाइने छ ।   


टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री र ४.४ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ जसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यसैगरी आइक्यूबको एसटी भेरियन्टले भने १४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने छ भने फास्ट चार्जर मार्फत यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ ।


टीभीएस आईक्युबको लम्बाई १८०५ एमएम, चौडाई ६४५ एमएम, उचाई ११४० एमएम, ग्राउण्ड क्लियरेन्स १५७ एमएम र १३०१ एमएमको ह्वीलवेस रहेको छ । यसको वजन ११८ केजी रहेको छ । सो स्कुटरको टप स्पिड ८२ किलोमिटर प्रतिघण्टा छ भने यसले ४.२ सेकेन्डमै ० देखि ४० किलोमिटर सम्मको गति लिन सक्छ । सो स्कुटरको सिट हाइट भने ७७० एमएम रहेको छ । यसको १२ इन्च अलोय रिममा ९०९०-१२ ट्युबलेस टायर पाउन सकिन्छ । यसमा २२० एमएम फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम दिइएको छ ।


टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबमा फुल एलइडी हेडलाइट तथा टेल लाइट, ५ इन्चको टीएफटी डिस्प्लेका साथ स्मार्ट कनेक्ट फिचर, टीभीएस आईक्युब एप, र रिजनरेटिभ ब्रेकिङ प्रणाली जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सो स्कुटरको टीएफटी डिस्प्लेमा नेभिगेसन असिस्ट, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट, एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड जस्ता फिचर पाउन सकिन्छ । 


टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको नेपाली बजार मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरिएको गदम्बा मोटर्सले जनाएको छ । स्वच्छ र सुरक्षित सवारी प्रवद्र्धनका लागि यो स्कुटर नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagramTikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments