बजाजपछि टिभिएसले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। टिभिएस मोटरले आफ्नो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको हो। बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको १० दिनपछि नै टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै टीभीएसका चेयरम्यान भेनु श्रीनिवासनले कम्पनीले हरेक महिना १००० यूनिट इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने जानकारी दिए ।
सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने उक्त स्कुटर फुल चार्ज हुन ५ घण्टा लाग्ने बताइएको छ। यो स्कुटर ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्ने कम्पनीले बताएको छ। कम्पनीकाअनुसार यसमा ४.४ किलोवार्टको मोटर दिइएको छ भने ७८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्नसक्छ। उनले कम्पनीले प्रयोग गरेको व्याट्री, सफ्टवयर, टेक्नोलोजी सबै भारतमा तयार भएको जानकारी दिए ।
यसलाई २ ओटा राइडिङ मोड इकोनोमिक र पावरमा चलाउन सकिन्छ। कम्पनीले यसको मूल्य भारतमा १ लाख १५ हजार निर्धारण गरेको छ। कम्पनीले २०१८ देखि ‘आइक्युव’ मा काम गरिरहेको थियो। टिभिएस २०१८ को दिल्ली अटो शोमा यस स्कुटरको प्रटोटाइप सार्वजनिक गरेको थियो ।
PREVIOUS NEWS